arrow

सुतेकै अवस्थामा कुवँरको मलेसियामा मृत्यु

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
इलाम। ‘वैशाखमा घर आउँछु, नानीलाई राम्ररी पढाउनु’ अहिले फोन राखें है भनेर फोन राखेको एक दिन नबित्दै छोराको मृत्युको खबरले बरबोटे–६ का कुवँर परिवार शोकमा डुबेको छ । 
 
चार वर्षअघि मलेसिया पुगेका इलाम बरबोटे–६ का ३१ वर्षीय जगत कुवँरको सुतेकै अवस्थामा शनिबार दिउँसो ज्यान गएको हो । मलेसियास्थित जेसीवाई कम्पनीमा कार्यरत कुवँरको रातको ड्युटी सकेर सुतिरहेका अवस्थामा ज्यान गएको उनका भाई ठाकुर कुवँरले जानकारी दिए । 
 
आगामी वैशाखमा घर फर्कने गरी टिकटसमेत बुकिङ गरिसकेका अवस्थामा दाजुको मृत्युको खबरले परिवारमा शोकमग्न बनेको ठाकुरले बताए । जगतका श्रीमती सात वर्षीया एक छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ