arrow

हुँदैन

logo
—मोहन सिटौला
प्रकाशित २०७२ माघ १४ बिहिबार
mohan.sitoula.jpg.jpeg.jpeg
यी पापी ,पाखण्डीहरु जगतका शूल ननिका
सबैलाई बाँधी, थुनी जतनले काव्य विधिका
सफा उद्यानैमा लगि मधुरसै प्राप्त सुषमा
कला कान्ता वक्षै मधुर करुणा काव्य रसमा
पखाल्दै मायाँले मनुज छवि पारौं मधुरिमा
यौ यौटै मौका हो जुनि सहज पार्ने सफल रे !
पिता, माता, काव्यै, नर र मृदु नारी मिलनले !
 
पितामाता मानी गुरुजन सबै एक मतले
नीजै वाणी यद्वा दिल वचनले मूक रवले
भनेको सम्झिन्छु मधुर, सुख सत्यै धरतिको
नबिर्सी हेक्काले हुनु सबल हे नानी ! चतुरो
 
मान्छे हुन्छन् विविध तहका चित्तका दुःखदायी
मान्छे हुन्छन् मधुर रसका दीनका सुक्ख दायी
आफ्ना हुन्छन् अनि नजीकमा आउँछन् प्यार गर्छन्
हाये शम्भो ! अनि निशिदिनै दुक्खका खन्ती खन्छन्
 
बिगार्नेमा परपरदुरका मानवी पौंच हुन्न
सपार्नेमा पनि तिनि कुनै उस्तरी शक्ति हुन्न
मान्छे जोहो नजीक भनिने त्यही नै स्वार्थी, दर्पी
एकोहोरो दुखमय विचरो झूट स्वप्ना सह्यारी
 
त्यस्ता स्वप्ना विकल दिलमा हालिदिन्छन् झिलिक्क
विद्यूत् झट्का त्वरित तिनले टीपि लान्छन् मिलिक्क
ग्रीहै, बासै, घरजन स्वजनै गाऊँ राज्यै चुडिन्छन्
नानी बुझ्नू विषद ननिको सत्य यो ध्वश्त गर्छन्
 
आफ्नालाई यस किसिमले मोहितै मुग्ध पार्दै
आफ्नै पार्दै अलिअलि गरी दूर लान्छन् फकाई
लान्छन् ,बेच्छन् हर किसिमले स्वप्नक} झैँ मोहनीले
खेलौना झौँ खलुचलनमा पोख्त पार्छन् सिपैले।
 
नानी सोच्नू अलि जतनले, धीर, सतर्क बन्दै
ख्यालै गर्नु सहज निज पथै हिंड्नु भै स्वावलम्बी
केही द्वीधा यदि हुन गए प्रेमले स्रष्ट गर्नु
मान्छे हाम्रो जुनि महतिको मोहमा हुन्न हिंड्नु !
 
आफ्नो ग्रीहै, स्वजन मृदु गुणी चट्ट चुँड्नु हुँदैन
आफ्नो मात्रीभुमि र स्वजनै, देश भुल्नु हुँदैन
आफ्नो मौलीक अतित वयको धार थुन्नु हुँदैन
नानी ! मानी हुनुछ यदि भने मान हर्नु हुँदैन
नानी !ज्ञानी रहनु जहिले वक्ष तोड्नु हुँदैन।
 
 
अप्रकाशित ‘आठराई महिमा! खण्डकाव्यबाट  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ