arrow

नेपाल महीमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1046512889.jpeg
– मोहन सिटौला
 
विश्वमा बढ्छ नेपाली स्वतन्त्रता सम्हाली
प्रजातन्त्र फुलाउँदै, समान न्याय उचाली
 
देशको सुन्दर आकार पूर्व र पश्चिम लम्केको
हिमाल, पहाड, मधेस, उपत्यका चम्केको 
 
विविध फूल, जङ्गल, सुन्दर रूप प्रकृति
विविध भाषा–भेषले मङ्गल शीप संस्कृति
 
कलाकार, विज्ञानी, ज्ञानी र सन्त, महात्मा
लेखक, नेता ,सुकर्मी, प्रतिभाशाली महिमा
 
नेपाली धेर फिंजिदैं, विश्वमा दिन्छन् चिनारी
नवीन युग चुमेर ,मीठो मायाँ फिंजारी 
 
विविध वर्ग, पेसाका, ठाउँका भाका टिपेर
नाच्दछ प्यारो नेपाली सुन्दर गीत गाएर
 
नेपाली कहिल्यै झुकेन, समरमा हारेन 
वीरता, सान, सन्मान, नजिती कहिल्यै फिरेन
 
धर्तीमा घुम्छ नेपाली दिलको फूल, विश्वास
सगरमाथा खुशीले, गौरवले हाँस्दछ
 
बाला र वृध्द, वनिता, चन्द्र र सूर्य बल्दछन्
पाएर राम्रो सत्कार पाहुना यही रम्दछन्
 
नदी र ताल लहरमा, चम्किएका प्रहरमा 
गुफा र गाउँ, सहरमा जीवनी चल्छ रहरमा 
 
दक्षिणमा भारत, उत्तरमा चीन छ
ढोका खोले दुवैमा नेपालमा सुख छ
 
सहीदका ताराको सन्मान गर्छन् नेपाली
धरती–धाम पावन पारेर शान्त, रसिली
 
विश्वमा बढ्छ नेपाली स्वतन्त्रता सम्हाली
लोकतन्त्र फुलाउँदै, समान न्याय उचाली
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ