arrow

संविधान संशोधन हुने बेला संसदमा के के होला आज ?

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
bicc.gif.gif
काठमाडौं । संविधान सभाबाट बनेको संविधानको पहिलो संशोधन गर्ने संवन्धी विधेयक पारित गर्ने प्रक्रिया संसदमा आजबाट सुरु हुने भएको छ। 
 
विधेयकमाथि संसदमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरुले दफावार छलफलमा भाग लिइसकेकाले शनिवारबाट संविधान संशोधन विधेयक पारितको प्रक्रिया सुरु हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 
 
नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो ३ बजे बस्ने संसद बैठकमा संशोधन प्रति असहमति राख्ने दलहरुले भने चर्को विरोध जनाउने भएका छन् । मधेशी मोर्चाका साँसद लगायतका अन्य केही साना दलका साँसदहरुले पनि संशोधन प्रति विरोध जनाउने तयारी गरेका हुन् । 
 
संसद बैठकमा संसदमा दफाबार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ कानुनमन्त्री अग्नि खरेलले दिएपछि विधेयकमा परेका संशोधनलाई निर्णयार्थ पेश गरिने छ। 
 
प्रमुख तीन दलवीच संशोधन प्रस्ताव पारित गर्ने सहमति भएपछि शनिवार नै संशोधन प्रस्ताव पारित गर्ने तयारी भएको नेताहरुले बताएका छन् । 
 
संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव ध्वनि मतका आधारमा निर्णय गरिने छ । 
 
संशोधन विधेयक प्रस्ताव पारित गर्न संसदमा हाल रहेको ५९६ सांसद मध्ये दुई तिहाई ३९६ सांसदको समर्थन आवश्यक पर्छ। त्यही संख्या पुर्याउनका लागि प्रमुख दलहरुले आजको संसदमा अनिवार्य उपस्थीत भई संविधान संशोधनको पक्षमा मतदान गर्न आ आफ्ना साँसदहरुलाई ह्विप जारी गरेका छन् । संविधान संशोधन विधेयकमाथि २४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ