arrow

ढाका टोपीमा ढल्किए मोदी

ढाका टोपीमा चिटिक्क परेका उनी सडकमा सर्वसाधारणसँग हात मिलाउँदै हिँडेका थिए ।

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
CZD5uWKUQAE7_Eg.jpg.jpeg
एजेन्सी। गत वर्ष नेपाल भ्रमणका क्रममा काठमाडौंको सडकमा उत्रिएर सर्वसाधारणसँग हात मिलाउँदै हिँडेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार त्यही शैलीमा सिक्किमको राजधानी गान्तोकमा देखिए। काठमाडौंको सडकमा खाली टाउकोमा सडकमा आएका मोदी गान्तोकमा भने ढाका टोपीमा देखिए । ढाका टोपीमा चिटिक्क परेका उनी सडकमा सर्वसाधारणसँग हात मिलाउँदै हिँडेका थिए।

प्रधानमन्त्री मोदी सिक्किमलाई भारतकै पहिलो अग्र्यानिक राज्यको घोषणा गर्न त्यहाँ पुगेका हुन्। कार्यक्रममा उनले सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई अग्र्यानिक प्रमाणपत्रको सर्टिफिकेट हस्तान्तरण गरेका थिए। नेपाली भाषामा सम्बोधन गर्दै मोदीले सिक्किमले शुरु गरेको अग्र्यानिक अभियानलाई निकट भविष्यमै विश्वले शिरोपर गर्ने दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ