arrow

२६ औ पुण्यतिथिमा ओशोलाई सम्झंदा

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
osho.jpg.jpeg
एजेन्सी । २० औ शताब्दिका आध्यात्मिक गुरु आचार्य रजनीश 'ओशो' को आज २६ औ  पुण्यतिथि हो । उनका निधन १९  जनवरी, १९९०  भारतको  पुणेमा भएको थियो । एक साधारण कपड़ा व्यापारीको  घरमा जन्मिएका ओशो आफ‍्नो चेतनाले मानिसहरु बिच लोकप्रिय बने।एघार भाई-बहिनिहरु मध्ये ओशो सबै भन्दा जेठा हुन् । मानिसहरु उनलाई कयौ नामले चिन्दछन् । ओशोका अनुयायी देश-विदेशवाट  हजारौको संख्यामा पुणे स्थित उनको आश्रममा  ज्ञान र अध्यात्म दीक्षा हासिल गर्न जाने गर्दछन् ।
 
 
यि मध्ये बलिउड र हलिउडका  सेलेब्रेटि पनि रहेका छन् । ओशो  ज्ञान र  स्पष्ट विचारका कारण सधै चर्चामा रहे । उनको पुणे स्थित आश्रममा ज्ञान लिने मानिसहरुको भिड देख्न सकिन्छ । अोशोको  आश्रममा प्रवेश गर्नको लागि  प्रत्येक  आगंतुकको एचआईभि टेस्टको लागि ब्लड सेम्पल दिनुपर्ने हुन्छ । एड्स नलागेका आगंतुकहरुलाई  मात्र  आश्रममा  प्रवेशको लागि अनुमति दिइने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ