arrow

“सुविसु क्यान ईन्फोटेक २०१६" माघ १४ देखि भृकुटीमण्डपमा

logo
२२ औं संस्करणमा सूचना प्रबिधि क्षेत्
प्रकाशित २०७२ पुष २८ मंगलबार
can.jpg.jpeg
काठमाडौ । सूचना र प्रबिधिको प्रबर्धन गर्ने उदेश्यले सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१६ आगामी माघ १४ गते देखि १९ गतेसम्म काठमाण्डौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना गर्ने कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले जनाएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्यान महासंघका अध्यक्ष बिनोद ढकालले परिस्थिति सहज नभए पनि मेलामा सूचना प्रबिधि क्षेत्रका पछिल्ला संस्करणहरु अवलोकन गर्न सकिने बताउनुभयो । साथै उहाँले आइटी पार्क अझै प्रयोगमा नआइरहेको अवस्थामा क्यानलाई संचालन गर्न दिए चलाएर देखाइदिने समेत बताउनुभयो ।  
 
विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना हुने क्यान ईन्फोटेकको यो २२ औं संस्करण हो । यस २२ औं संस्करणको नाम “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” रहेको छ ।  त्यस्तै प्लाटिनम स्पोन्सर–भायनेट, डायमण्ड स्पोन्सर –नेपाल टेलिकम, गोल्ड स्पोन्सर – कर्लस, सिल्भर स्पोन्सरहरु– स्टार अफिस ईन्टरनेशनल, नेटिस र एस.पावर रहेका छन् ।
 
अफिसियलहरुमा बैंक– सेन्चुरी बैंक, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, नेपाली आईटी म्यागेजिन– लिभिङ्ग वीथ आई.सी.टी., अंग्रेजी आईटी म्यागेजिन– पि.सी.ईन्फो, लाईफस्टाईल तथा टेक म्यागेजिन– म्युज, वेव न्युज– हाम्राकुरा डटकम, र एस.एम.एस.मा– स्प्यारो एस.एम.एस., स.सि.टि.भि.– ग्याजेड्स एण्ड गिजमोस ट्रेडर्स र ईस्ट्रिमिङ पार्टनर– स्टर नेट प्रा.लि रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइय । “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १०४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु ५ गरी जम्मा १७५ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हाल सम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् ।  विगतका बर्षहरुमा पनि क्यान ईन्फोटेकमा सर्वसाधारणहरुको उत्साह जनक सहभागिता रहेको कुरा यहाँहरु समक्ष विदितै छ ।
 
यस पटक पनि त्यो उत्साहमा अझ उर्जा थपिने छ भन्ने आशा हामीले लिएका छौं । गत वर्षको क्यान ईन्फोटेकमा ३,३१,००१ जना अवलोकनकर्ता रहेकोमा यस पटक ४,००,००० भन्दा बढी अवलोकन कर्ताहरु आउने अपेक्षा  गरेको क्यानका महासचिव बिश्व बलामीले जानकारी दिनुभयो । “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १००– र विद्यार्थीहरुलाई रु ५०– तोकिएको छ । २०७२ माघ १७ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि रु १००– तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल हुने महासचिव बलामीले जानकारी बताउनुभयो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ