arrow

धामीझाक्रीको भरपर्दा रोल्पामा गर्भवती महिलाको गयो ज्यान

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ चैत १७ बिहिबार
Rolpa-hamrakura.jpg.jpeg
 लिबाङ (रोल्पा) । रोल्पामा धामीझाक्रीको भरपर्दा बिहिबार विहान एक गर्भवती महिलाको ज्यान गएको छ ।  कुरेली ७ दुईखोली गाउँपालिकाकी २० वर्षिया बिमला रोकाको जिल्ला अस्पताल रोल्पामा बिहिबार विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले जानकारी दिए ।
 
सात महिनाकी गर्भवती बेहोस भएपछि रोकालाई अस्पताल लैजानुको साटो धामीझाक्री गर्दा उनको निधन भएको आफन्तलाई उद्दृत गर्दै डागीले बताए । बिरामी भएको करिव चारदिन सम्म धामीझाक्रीकै भरमा राखिएकी रोकालाई हिजो साँझ जिल्ला अस्पताल ल्याइएको थियो । डाँगीका अनुसार अस्पताल ल्याउन अगाडि नै गर्भको शिशु मरिसकेको थियो ।
 
अस्पतालका अनुसार आमाको मृत्यु गर्भवस्थामा हुने इक्लाम्प्सियिाका कारण भएको हो । तर समयमै उपचार पाएको भए रोकाको उपचार हुनसक्ने बताइएको छ । रोल्पामा यस आर्थिक बर्षमा मात्र गर्भवती अवस्थामा दुईजनाको निधन भएको छ । गाउँमा बर्थिङ सेन्टर हुँदाहुँदैपनि गर्भबती महिलाको मृत्यु हुने दुःखद पक्ष भएको डाँगीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ