इलाम । नेपाल प्रेस युनियन र संघिय प्रेस फोरमले विधि विधान र परम्परालाई मिचेर पत्रकार महासंघ इलामको अधिवेशन नगर्न आग्रह गर्दै महासंघको जिल्ला शाखामा लगाएको ताला चैत्र १७ गते एक समुहले फुटाएको खबर प्रति नेपाल प्रेस युनियन इलाम शाखाको गम्भीर ध्यानाकाकषर्ण भएको युनियनले आज प्रेस विज्ञप्ति जारि गर्दै जनाएको छ ।
विज्ञप्तिमा गुण्डा गर्दी शैलीमा महासंघको ताला फुटाउने काम स्विकार्य नहुने भन्दै तोयानाथ भट्टराईले यसको परिणामा गभ्भिर र प्रत्युपादक हुने समेत चेतावनी दिएका छन् । महासंघले शाकोमा मनपरी गर्ने समुहलायृ कारवाही गर्न समेत प्रशासन समक्ष आग्रह गरेको छ ।
उनले यो कदम पत्रकार महासंघ इलामका पत्रकार प्रेम अधिकारी र पाँचथरका पत्रकार लवदेव ढुगानाले इलाम, पाँचथर र ताप्लेजुङमा देखिएको समस्या समाधानका लागि माग गर्दै गरेको आमरण अनसनको सहमती विपरीत भएको भन्दै उत्पन्न परिस्थतीको जिम्मेवार पत्रकार महासंघ कन्द्रिय कार्यालय हुने पनि उल्लेख गरेका छन् ।