arrow

राप्रपाले गर्‍यो पाँचथरको थर्पुमा गाउँपालिका सम्मेलन

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ चैत १७ बिहिबार
RPP-nepal-new-aa.jpeg
पाँचथर ।  स्थानिय तहलाई लक्षित गरेर पाँचथरको थर्पुमा बिहिबार राष्ट्रिय प्रजातन्त्र पाटीको याङबर गाउँपालिकाको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई सम्वोधन गर्दे पाटीकी केन्द्रिय सदस्य सुनिता कुरुम्बाङले यस वडा,तथा गाउँपालिकाका अध्यक्ष तथा पदाधिकारीहरुलाई जिताउनको निम्ति सवै नेता तथा कार्यकर्ताहरु घरदैलो अभियानमा लाग्न आग्रह गरे।
 
यस्तै कार्यक्रममा पाटीका जिल्ला अध्यक्ष प्रेम थाम्सुहाङ,पूर्व केन्द्रिय सदस्यद्धय तेज कुमार कुरुम्बाङ,छविरमण सुवेदी,पाटीका फिदिम नगरपालिका अध्यक्ष जगत थापा,पाटीका पूर्व उपाध्यक्ष राम बहादुर थापा,जिल्ला सदस्य मोहन कुमार दाहाल,उपाध्यक्ष नन्दलाल बेघा लगायतले मतब्य ब्यक्त गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ