arrow

प्रचण्डसँग भारतीय राजदूत पुरीले के भने ?

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
Pm-bhet-news.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय राजदूत मन्जिव शिंह पुरीबीच शिष्टाचार भेट भएको छ । विहिबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना दिँदै नेपाल बसाई सुखमय रहोस् भने । प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्बन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्बन्ध अझ प्रगाढ रहने विश्वास गरे ।

प्रधानमन्त्रीसँगको पहिलो भेटमा नै भारतीय राजदुत पुरीले नेपालको संविधान कार्यान्व्यन र निर्वाचनका विषयमा चासो राखे । भेटमा उनले मधेसी मोर्चालाई सहमतिमा ल्याउन भइरहेको प्रयासका बारेमा पनि जिज्ञासा राखे । स्थानीय निर्वाचनमा मधेसवादी दलहरुहरुलाई सहभागि गराउका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए । उनीहरुको असन्तुष्टि सम्बोधन नभई सहज रुपमा निर्वाचन गर्न अफ्ठ्यारो हुने समेत पुरीले बताए ।

प्रधानमन्त्री दाहालले मधेस केन्द्रीत दलहरुको असन्तुष्टि चाडै सम्बोधन हुने बताए । दाहालले सहमतीको अन्तिम प्रयास भइरहेको पनि जानकारी गराए । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनका लागि भारतीय सहयोग पनि आवाश्यक पर्ने प्रधानमन्त्री दाहालको भनाई छ । नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी हुँदै राजदूत पुरीले दुई देशको आपसी हित र सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ