arrow

इमर्जिङ टिम्स एसिया कप क्रिकेटः ज्ञानेन्द्र मल्लको एक्लो करामत

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
gyanendra-malla.png
काठमाडौं । बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग खेलिरहेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
 
नेपालले ९७ रनसम्म विकेट नलिएपछि तनाव खेपिरहेका बेला कप्तान ज्ञानेन्द्र मल्लले कप्तानी बलिङ गरेका छन् । उनले एक्लो प्रदर्शन गर्ने क्रममा हङकङका दुई सुरुवाती ब्याट्सम्यानलाई पभेलियन फर्काए ।
 
अंशुमन राथलाई ५१ तथा क्यामरन म्याकुलेसनलाई ४३ रनमा आउट गर्ने क्रममा ज्ञानेन्द्रले बलिङ र क्याचिङ दुवै गरे । त्यस्तै सन्दीप लामिछानेले निजाकात खानलाई ६ रनमा आउट गर्दा पनि ज्ञानेन्द्रले क्याच गरे । 
 
यसअघि ६ बलरले बलिङ गर्दा रनमात्र खाएका थिए । हङकङले २५ ओभर खेल्दा ३ विकेट गुमाएर १०८ रन बनाएको छ । 
 
समूह चरणमा लगातार दुई खेल हारेर नेपाल र हङकङ बाहिरिइसकेका अवस्थामा यो खेल केवल दुवै टिमका लागि आपसमा प्रतिष्ठा कायम गर्नका लागिमात्र हुनेछ । 
 
समूह बी मा पाकिस्तान र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने नेपाल र हङकङ बाहिरिएका छन् । नेपाल पहिलो खेलमा पाकिस्तानसंग ६ विकेटले तथा बंगलादेशसँग ८३ रनको पराजित भएको थियो । 
 
एसियाका एसोसिएट राष्ट्रलाई माथि उकास्नका लागि आयोजित इमर्जिङ टिम्स एसिया कपमा टेष्ट खेल्ने चार राष्ट्रका २३ वर्ष मुनिका र चार एसोसिएट राष्ट्रका राष्ट्रिय टोली सहभागी छन् ।
 
अर्को समूहमा भारत र श्रीलंकासंगै अफगानिस्तान र मलेसिया रहेका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ