arrow

इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र हङकङ मैदानमा

नेपाल टस जितेर फिल्डिङ गर्दै

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
cricket-ballhitting-wickets.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग खेलिरहेको छ । 
 
नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । हङकङले राम्रो सुरुवाता गरेको छ । 
 
समूह चरणमा लगातार दुई खेल हारेर नेपाल र हङकङ बाहिरिइसकेका अवस्थामा यो खेल केवल दुवै टिमका लागि आपसमा प्रतिष्ठा कायम गर्नका लागिमात्र हुनेछ । 
 
समूह बी मा पाकिस्तान र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने नेपाल र हङकङ बाहिरिएका छन् । नेपाल पहिलो खेलमा पाकिस्तानसंग ६ विकेटले तथा बंगलादेशसँग ८३ रनको पराजित भएको थियो । 
 
एसियाका एसोसिएट राष्ट्रलाई माथि उकास्नका लागि आयोजित इमर्जिङ टिम्स एसिया कपमा टेष्ट खेल्ने चार राष्ट्रका २३ वर्ष मुनिका र चार एसोसिएट राष्ट्रका राष्ट्रिय टोली सहभागी छन् ।
 
अर्को समूहमा भारत र श्रीलंकासंगै अफगानिस्तान र मलेसिया रहेका छन् । 
 
नेपाली टिम ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ