arrow

अमेरिकाको टेक्सासमा बस र ट्रक जुधे, कम्तीमा १२ जनाको मृत्यु

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
texas-accident.jpeg
टेक्सास । अमेरिकाको टेक्सासमा चर्चको मिनी बस र पिक अप ट्रक जुध्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । 
 
न्यू ब्रानुफेल्सस्थित फस्ट बाप्टिस्ट चर्चका १४ जना पाका सदस्य लिएर गइरहेको मिनी बस एक्कासी ट्रकसँग ठोक्किएको थियो ।
 
सान एन्टोनियो सहरदेखि १२० किलोमिटरको दुरीमा रहेको गार्नर स्टेट पार्क नजिकै दुर्घटना भएको हो । चर्चका सदस्यहरु क्याम्पमा फर्किदै गर्दा दुर्घटना भएको हो । 
 
दुर्घटनाको कारण खुलेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ