arrow

बसको ठक्करबाट दुई सैन्य जवान गम्भीर घाइते

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
accident-final.jpeg

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिक बुधबार साँझ बसले ठक्कर दिँदा दुईजना मोटरसाइकलमा सवार नेपाली सेनाका जवान गम्भीर घाइते भएका छन् । 

महेन्द्रनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना ६ ख ९४४० नंको बसले विपरीत दिशाबाट आउँदै गरेको नेपाली सेनाका जवान चढेको भे २ प ५०२७ नंको मोटरसाइकललाई निकुञ्जको अर्जुनी ब्यारेक नजिक ठक्कर दिँदा मोटरसाइकलमा सवार जवान २६ वर्षीय हर्कबहादुर बोहरा र २५ वर्षीय सन्तोष चौधरी गम्भीर घाइते भएका हुन् । 
 
घाइतेमध्ये बोहरा कञ्चनपुरका र चौधरी बर्दियाका बासिन्दा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए । 
 
दुवैजनाको यहाँस्थित अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लगिएको उनले बताए । 
 
दुवैजना कुन ठाउँमा कार्यरत रहेको भन्नेबारे खुल्न सकेको छैन । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ