arrow

बेलायतद्वारा युरोपेली सङ्घबाट बाहिरिने प्रक्रिया सुरु

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
UK.jpeg
लन्डन । बेलायतले युरोपेली सङ्घबाट बाहिरिने प्रक्रिया ब्रेक्जिट सुरु गरेको छ । यसका लागि कानुनी प्रक्रियासमेत सुरु भएको बेलायतले जनाएको छ । मन्त्रीहरुले सहजै युरोपेली संघबाट बाहिरिने प्रक्रिया अगाडि बढाएका छन् । 
 
बेलायती प्रधानमन्त्री थेरेसा मेले संसदमै अब अगाडि बढ्ने बेला आएकाले पछाडि नफर्किइ समस्या समाधानमा जुट्नसमेत सांसदहरुलाई आग्रह गरेकी छिन् । 
 
बेलायतका जनताले सङ्घबाट बाहिरिने पक्षमा मतदान गरेको केही महिनापछि प्रधानमन्त्री मेले आगामी दुई वर्षमा बेलायत बाहिरिने गरी प्रक्रिया सुरु गरेकी हुन् । 
 
गत जुन महिनामा भएको जनमत सङ्ग्रहमा ब्रेक्जिट पक्षधर विजयी भएपछि सङ्घसँग बेलायतको लामो सम्बन्ध तोडिने निश्चित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ