arrow

अब देशै लोडसेडिङमुक्त ! भारतबाट थप १४५ मेगावाट बिजुली

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
electric-transmission.jpeg
काठमाडौं । भारतले नेपाललाई १ सय ४५ मेगावाट बिजुली उपलब्ध गराउने भएको छ। हालै निर्माण सम्पन्न भएको कटिया–कुशाह र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट उक्त बिजुली उपलब्ध गराउने तयारी भएको भारतको उर्जा मन्त्रालयले जनाएको छ। 
 
केही दिनअघि भारतस्थित नेपाली दूतावासले सो दुई प्रसारण लाइनबाट सकेसम्म छिटो बिजुली दिन आग्रह गरेको थियो । 
 
उक्त दुई प्रसारण लाइनको निर्माण अघिल्लो महिना नै सकिएपनि भारतले ढिलाई गरिरहेका कारण नेपालले छिटो विजुली दिनका लागि आग्रह गरेको थियो । 
 
प्रशासनिक तहमा ढिलासुस्ती भएपछि नेपाली दूतावासले भारतीय उर्जामन्त्री पियुष गोयलको ध्यानाकर्षण गराएको थियो ।
 
भारतको उर्जा मन्त्रालयले बुधबार भारत अब बिजुली आयात गर्ने मुलुकबाट बिजुली निर्यात गर्ने मुलुक भएको सन्दर्भमा प्रकाशित गरेको विज्ञप्तिमा नेपालतर्फको बिजुली निर्यात छिटै १ सय ४५ मेगावटले बढ्ने उल्लेख गरेको हो । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ