arrow

सगरमाथाको उचाई नापी विभागले नै नाप्न सक्ने, १० करोड खर्च

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
mount-everest-home.jpg.jpeg
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफैं पहल गर्ने भएको छ ।
 
२०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा नेपालले आफैं पहल अघि बढाएको हो ।
 
नापी विभागले सगरमाथाको उचाई नेपाल आफैंले नाप्न सक्ने जनाएको छ । त्यसका लागि नापीले चरणबद्ध रूपमा विभिन्न निकायसँग छलफल गरेको छ ।
 
सगरमाथाको उचाइ नाप्न कम्तिमा १० करोड रूपैया लाग्ने भन्दै त्यसका लागि आगामी आर्थिक वर्षमा सरकारसँग बजेट माग गरिने गरी तयारी थालिएको विभागका प्रवक्ता अनिल मरासिनीले बताए । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ