arrow

भटाभट परेवा मर्न थालें

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
pision-parewa.jpeg
जनकपुरधाम । जनकपुरधामका विभिन्न क्षेत्रमा रहेका परेवा अत्यधिक सङ्ख्यामा मर्न थालेका छन् । विवाहमण्डप, राममन्दिर, जानकी मन्दिरलगायत घरमा पालेका परेवा विगत तीन दिनयता अत्यधिक सङ्ख्यामा मर्न थालेका हुन् । 
 
सुरुमा घाँटीमा समस्या देखापर्ने र पछि सिथिल हुँदै परेवा मर्ने गरेको बताइन्छ । विवाहमण्डप र जानकी मन्दिर क्षेत्रमा एक दर्जनभन्दा बढी परेवा मरेको अवस्थामा फेला परेका छन् । मौसम परिवर्तन, रोग वा विषादीयुक्त आहार खाएका कारण मर्ने क्रम अधिक देखिएको बारेमा अन्योलताको अवस्था छ । 
 
पशु कार्यालय पनि यसबारेमा अनभिज्ञ रहेकाले परेवा मर्नुको कारण खुल्न सकेको छैन । सामाजिक अभियन्ता नथुनीलाल दासले आफूले पालेका ५२ वटा परेवामध्ये अधिकांश मरिसकेको बताए। कतिपयले विषादीयुक्त गहुँ फालेको अवस्थामा परेवाले खाएपछि मर्ने समस्या उत्पन्न भएको अनुमान गरे पनि घरमा पालेका परेवासमेत मर्ने क्रम नरोकिनुले कुनै रोगको प्रकोप हुन सक्ने आशङ्का पनि गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ