arrow

बागी उम्मेदवार रोक्ने काँग्रेसको यस्तो छ रणनीति

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ चैत १६ बुधबार
Congres-FNL.jpg.jpeg
काठमाडौं । स्थानीय तहको निर्वाचनमा आफ्नै विचारधाराका असन्तुष्ट व्यक्तिहरुको वागी उम्मेदवारी न्यूनीकरण गर्नको लागि व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले नयाँ प्रक्रियाबाट उमेद्वार चयन गर्नेगरि मापदण्ड लागू गरेको छ । यस अघिका निर्वाचनमा पार्टीको विचारमै राजनीति गरेपनि असन्तुष्ट नेताहरुको व्यवस्थापन गर्न नसक्दा वागी उम्मेदवारीका कारण धेरै ठाउँको निर्वाचनमा पराजीत हुनुपरेको तथ्यलाई केन्द्रीत गर्दै काँग्रेसले नयाँ मापदण्ड ल्याएको हो । 
 
काँग्रेसको मंगलबार राजधानीमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहमा गाउँपालिका, नगरपालिका र महानगरपालिकामा क कसले उम्मेदवारको टिकट दिन सक्ने भन्ने विषय टुंगो लगाएको छ । सो मापदण्डमा टिकट दिनको लागि बन्ने समितिमा जिल्ला स्तरीय भए जिल्ला कार्यसमिति सभापतिको निर्वाचनमा पराजीत भएका व्यक्ति र क्षेत्रको बैठक भए क्षेत्रीय सभापतिको निर्वाचनमा पराजीत भएका व्यक्तिहरुलाई समेत अनिवार्य संलग्न गराउनुपर्ने र उपस्थित सबैबाट सर्वसम्मतबाट एक व्यक्तिलाई मात्रै गाउँपालिका तथा नगरपालिकाको उम्मेदवारको रुपमा चयन गर्नुपर्ने प्रावधान राखेको छ । 
 
स्थानीय तहको निर्वाचनमा उम्मेदवारी चयन गर्ने क्रममा भने एकै निर्वाचन क्षेत्र अन्तर्गत गाउँकार्यपालिका, नगर कार्यपालिकाको निर्वाचनमा पार्टीको तर्फबाट गाउँपालिका, नगरपालिका प्रमुख र उपप्रमुख र वडा अध्यक्ष र सदस्यहरु र महानगर तथा उपमहानगरका वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारको नाम सम्वन्धित गाउँ, नगर, उपमहानगर वडा, महानगर वडा समन्वय समितिको सिफारिसको आधारमा सम्वन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्वन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्नेछ भनिएको छ । क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी समेतको उपस्थिति भन्ने शब्दले वागी उम्मेदवारी कम गर्ने उपाय रहेको काँग्रेसका नेताहरुले बताएका छन् । 
 
त्यस्तै, बैठकले उल्लेखित क्षेत्रीय कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय हुन नसकेको खण्डमा सम्वन्धित क्षेत्रका क्षेत्रीय पदाधिकारीहरु, सम्वन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सासंद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका सांसद उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी रहेको छनोट समितिले सहमती जुटाई उम्मेदवारको चयन गर्ने निर्णय गरेको छ । सम्बन्धित जिल्लाका जिल्ला सभापति जिल्लाको आफ्नो निर्वाचन क्षेत्रको छनौट समितिमा रहने व्यवस्था गरिएको छ । छनौट समितिको आयोजना र बैठकको अध्यक्षता क्षेत्रीय सभापतिले गर्नेछ । 
 
यी र यस्तै निर्णयहरुमा गरिएको प्रमुख प्रतिष्पर्धीलार्इ स‌ंलग्न गराउने र त्यसमा पनि सर्वसम्मत निर्णय चाहिने व्यवस्थाले काँग्रेसले वागी उम्मेदवारी कम गर्नकै लागि यस्तो व्यवस्था गरेको हो भन्ने पुष्टि हुने काँग्रेसका एक नेता बताउँछन् । तर, यी सबै विवादहरु सर्वसम्मत हुन सक्ने अवस्था नआएको खण्डमा केन्द्रमा विवाद पुग्ने र एक पक्षले टिकट पाएपछि अर्को पक्ष बागी उठ्न सक्ने सम्भावना भने जिवितै रहेको काँग्रेस नेताहरु बताउँछन् । तर, जानकारहरुले यसलाई लोकतान्त्रिक पद्धतिको अवमूल्यन नहुनेगरी वागी नियन्त्रणमा गरिएको नयाँ जुक्तिको रुपमा भने लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ