arrow

चीनबाट फर्किए प्रचण्ड, उपलब्धि भेटघाट मात्रै

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
PM-news-aa.jpeg

काठमाडौं । एक साता लामो चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल  स्वदेश फिर्ता भएका छन् । चीनको हाइनानमा भएको बोआओ सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री दाहाल वुधबार विहान स्वदेश फिर्ता भएका हुन् । भ्रमणमा रहँदा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटवार्ता गरे ।

चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले चिनियाँ रेल लुम्बिनीसम्म ल्याउन र तातोपानी नाका खोल्ने गर्न आग्रह गरे । दाहालले मौखिक आग्रह गरेपनि औपचारिक कुनै पहल भएन । चिनियाँ राष्ट्रपति ‘सी’ले नाका खोल्न सकारात्मक रहेको मात्रै भने ।
चिनियाँ राष्ट्रपति सीसँगको भेटपछि दाहालले मंगलबार तिब्बतको ल्हासा पुगेका थिए । दाहालले चिनियाँ कम्यिुनिष्ट पार्टी प्रमुख वु यिङजेइसँग भेटवार्ता गरे ।

भेटमा तिब्बती नेता वुले चीनले तातोपानी नाका खुलाउनका लागि सडक सुधार गर्ने तयारी गरिरहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले भ्रमण सफल भएको बताएपनि जानकारहरुले औपचारिक भ्रमणमा गएर प्रधानमन्त्री दाहाल खाली हात फर्किएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालको नेतृत्वको टोली चैत १० गते बोआओ प्रस्थान गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ