arrow

गरिव, असहाय तथा वेरोजगारका लागि काँग्रेसले गर्‍यो कोष स्थापना

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ चैत १६ बुधबार
pressreleaseofbiratnagar.jpeg
बिराटनगर । नेपाली काँग्रेस मोरङले गरिव, असहाय तथा वेरोजगार युवाहरुलाई लक्षित गरेर सामुहिक राहत कोषको स्थापना गर्ने भएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलनगरी बेरोजगार युवाहरु, गरिब घरपरिवार र दलित महिलाहरुलाई राहत दिन र शीप दिलाउन भन्दै काँग्रेसले जिल्ला सम्मेलन मार्फत राहत कोष निर्माण थालेको जानकारी गराएको हो । 
 
नेपाली काँग्रेस मोरंगका सभापति तथा स‌ांसद डिकबहादुर लिम्बुले राहत कोषमा आफुले ५१ हजार सचिव नागेश कोइराला एक लाख ५१ हजार, पार्टी कोषाध्यक्ष गोपाल थापाले एक लाख, सचिव मोदराज घिमिरेले २१ हजार तथा उपाध्यक्ष शिवनारायण सिंहले २१ हजार रुपैयाँ नगद प्रदान गर्ने घोषणा गरेका छन । यसैगरी पार्टीका नेताहरुवाट कोषमा सहयोग आउन थालेको छ । 
 
काँग्रेस मोरंगमा १४ हजार सक्रृय कार्यकर्ता रहेको र सबैबाट जनही नगद एक हजार संकलन गरेर करिब डेढ करोड रुपैयाको राहतकोष निर्माण गरिने सभापति लिम्बुले बताए  । उनका अनुसार १८ चैतमा हुने मोरंग काँग्रेसको जिल्ला भेलाबाट कोषको नामाकरण गरिनेछ । कोष निर्बाचन लक्षित नभएर निरन्तर चलिरहने दाबी सभापति लिम्बुले गरे ।
 
गरिव, दलित, उत्तपिडित तथा युवाहरुलाई लक्षित गरेर कार्यक्रम ल्याउन लागेको हो । सो कोषवाट युवा तथा गरिव विपन्न तथा किसानहरुलाई सीपमुलक तथा आयमुलक तालिम दिएर उनीहरुलाई स्वरोजगारको अवसर प्रदान गरिने बताइएको छ । नेपाली काँग्रेस मोरंगले महिला र गरिबहरुकालागि राहत कोष निर्माण गरेर उनीहरुको जीवन स्तरमा सुधार ल्याउन खोजेको काँग्रेस केन्द्रिय सदस्य डिला संग्रौलाले बताईन ।
 
यसका साथै गरिव असहाय कार्यकर्ताका लागि वीमा कार्यक्रमका साथै बाल संरक्षण र लागु औंषधमुक्त समाज बनाउनका लागि युवा परिचालन कार्यको पनि पार्टीले शुभारम्भ गर्न लागेको जिल्ला सभापति लिम्बूले बताए ।
 
यसैबीच,  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगरस्थित हटखोला मैदानमाा चैत १८ गते आयोजित बृहत् आमसभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएको सो अवसरमा जानकारी गराइयो । मुलुकको समसामायिक राजनीतिक अवस्थाको विषयमा सो आमसभा केन्द्रित रहने जिल्ला सभापति लिम्बूले जानकारी बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ