arrow

ब्राजिल विश्वकप फुटबलमा छनौट हुने पहिलो राष्ट्र, अर्जेन्टिना खतरामा

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
Brazil_Supporter.jpeg
एजेन्सी। पाँच इटकको विश्वकप फुटबल बिजेता ब्राजिल विश्वकप फुटबल २०१८मा छनौट हुने पहिलो टोली भएको छ। 
 
बुधबार भएको पाराग्वे बिरुद्धको खेलमा ३-० गोल अन्तरले बिजयी भएको थियो। त्यसैगरि पेरुले उरुग्वेलाई २-१ले पराजित गर्दा ब्राजिल विश्वकपमा छनौट हुने पहिलो टोली भएको हो।
 
 १४ खेलमा ३३ अंकका साथ पहिलो स्थानमा रहेको ब्राजिल छनौट भएको हो। ब्राजिलले अझै चार वाटा खेल खेल्न बाँकी रहेको छ। आयोजक रुस र ब्राजिलले विश्वकप अन्तिम चरणमा आफ्नो स्थान पक्का गरेका छन्। रुस आयोजकको नाताले छनौट भएको हो भने खेलेर छनौट हुने ब्राजिल पहिलो राष्ट्र हो। 
 
अर्जेन्टिना १४ खेलमा २२ अंकका साथ पाँचौ स्थानमा रहेको छ। फिफाले अर्जेन्टिनाका स्टार लियोनल मे्ससीलाई चार खेलमा प्रतिबन्ध लगाएपछि अर्जेन्टिना बोलिभियासँग २-० गोलले पराजित भएको छ। 
 
अंक तालिकामा पहिलो चार स्थानमा रहने टोलीले सिधै विश्वकपमा प्रवेश पाउँने छन् भने पाँचौं टोलीले प्लेअफ खेल्न पर्ने हुन्छ। छैठों स्थानमा रहेको ईक्वेडर १४ खेलमा २० अंकका साथ रहेको छ। 
 
मेस्सी बिना अर्जेन्टिनाले अझै तीन खेल खेल्नु पर्ने हुन्छ। अर्जेन्टिनाले बाँकी खेलमा सकरात्मक नतिजा निकाल्नु पर्ने हुन्छ। अर्जेन्टिनाले आउँदो अगस्तमा उरुग्वेको घरेलु मैदानमा खेल्नु पर्नेछ भने भेनेजुएला बिरुद्ध अर्जेन्टिनामै खेल्ने छ।
 
त्यसैगरि अक्टोबरमा पेरुसँग अर्जेन्टिनामा खेल्ने छ भने इक्वेडरसँग ईक्वेडरको घरेलु मैदानमा खेल्ने छ। ईक्वेडर पहिलो पटक अंक तालिकामा पाँच बाहिर निस्किएको हो।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ