arrow

काभ्रेमा चुनावी सरगर्मी बढ्यो, पत्रकारपनि मैदानमा उत्रिए

६ नगरपालिका र ७ गाउँपालिकामा को को छन् आकाँक्षी?

logo
बद्रीराज तिमल्सिना,
प्रकाशित २०७३ चैत १६ बुधबार
four_party.jpeg
काभ्रे । सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरे लगतै देशभरी चुनावी माहोल एकाएक तातेको छ । शहर वजारका होटल तथा रेष्टुरेण्टदेखी गाँउघरका चिया पसल, स्कुल, कलेज, सरकारी तथा गैरसरकारी निकायका कार्यालयमा हुने जमघट, सार्वजनिक स्थानमा यसको व्यापक चर्चा र वहस शुरु भएको छ । सबै राजनीतिक दल र तिनका भातृ एवं शुभेच्छुक संगठन पुरै मोर्चाबन्दी शैलीमा आफ्ना राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन् । 
 
यद्यपी संविधान संसोधनको माग राखी विरोधमा उत्रेको मधेसदवादी दल र अन्य असन्तुष्ट पक्षसंगको वार्ता र सहमती नभएसम्म घोषित निर्वाचन बैशाख ३१ मै हुने या नहुने वारे जनमानसमा अन्यौल छ । तर सबै दलमा टिकट कस्ले लिने, को अगाडी बढ्ने, र कस्को जित सुनिश्चित छ भन्ने अड्कलवाजी मात्र चलेको छैन अहिलेदेखी नै बधाइ र शुभकामना आदनप्रदान चलिरहेको छ । यसले सिंगो देशनै स्थानीय तहको निर्वाचनमा उत्साहित तवरले अघि बढेको प्रष्टिन्छ । 
यो उत्साह काभ्रेमा पनि उत्तिकै रोचक र गरमागरम छ । 
 
झण्डै २० वर्ष पछि हुन लागेको स्थानिय तहको चुनावले गाँउदेखी केन्द्रसम्म तरंगित छ । चुनावी प्रतिस्पर्धामा को उमेद्वार बन्ने भन्ने रस्साकस्सीले सबै राजनीतिक दल यतिवेला निकै चलायमान छ । काभ्रेमा ६ नगरपालिका र ७ गाँउपालिका छन् । नगर र गाँउपालिका गरि १३ स्थानीय तहका लागी प्रमुख र उपप्रमुखको उमेद्वार बन्ने विषयले सबै तह र सबै दलमा तँछाड मछाड चुलिएको छ ।  
 
लामो समयदेखी राजनीतिक जीवन विताएका र पार्टीमा योगदान पुर्याएका पुराना राजनीतिकर्मीदेखी जनताको प्रत्यक्ष सेवामा सक्रिय कार्यकर्ता, समाजसेवी, शिक्षासेवी, उद्योगी, व्यापारी, सञ्चारकर्मी, पेशाकर्मी, युवा, विद्यार्थी र नवप्रवेशीहरु समेतको उमेद्वारी आकांक्षा बढेपछि राजनीतिक माहोल कसिलो बन्दै गएको छ । यसले उमेद्वार व्यवस्थापनमा सबै राजनीतिक दलमा नेतृत्वलाई चौतर्फि दबाब र तनाब बढ्दै गएको जिल्लाका नेताहरु स्वीर्काछन् । पत्रकारिता मार्फत जनसमुदायमा भिजेर राजनीतिक सक्रियता बढाएका जिल्लाका सञ्चारकर्मीहरु उमेद्वारको टिकट दौडमा अग्रपंक्तिमा देखिएका छन् । 
 
नेपाल प्रेस यूनियन काभ्रेका अध्यक्ष कपिल कोइरालाले बताए अनुसार काँग्रेस, एमाले र माओदावी केन्द्रवाट नगर तथा गाँउपालिकाको प्रमुखको लागी उमेद्वार बन्ने आकांक्षीमा धेरै जसो स्थापित र सक्रिय पत्रकार छन् । नेपाली काँग्रेसवाट धुलिखेल नगर प्रमुखका लागी नेपाल प्रेस यूनियनका राष्टिय उपाध्यक्ष इश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रेका सदस्यहरु रमेश हुमागाँई र राजाराम गौतमको नाम चर्चामा छ । त्यसका अलावा पार्टीका विभिन्न तहमा रहेका प्रतिनिधीहरु समेत बलिया दावेदार छन् । यद्यपी ओझा काँग्रेस जिल्ला समितिका सहसचिव, हुमागाँई क्षेत्र नं. २का क्षेत्रीय सभापती तथा गौतम धुलिखेल नगर सचिव हुन् । 
 
त्यस्तै धुलिखेलका लागी एमालेवाट अर्का पत्रकार अशोक व्याञ्जु प्रमुख दावेदार हुन् । पार्टीको जिल्ला उपाध्यक्ष समेत रहेका व्याञ्जु चेष्टा साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक हुन् । धुलिखेलकै लागी माओवादी केन्द्रवाट पत्रकार महासंघ सदस्यद्धय दिलसुन्दर श्रेष्ठ र सुभाषकाजी श्रेष्ठपनि नगर प्रमुखमा दावी गरिरहेका छन् । उनीहरु दुवै पुराना पत्रकार तथा सफल व्यवसायी हुन् । 
 
काँग्रेसवाट पनौती नगरपालिकाको मेयरका लागी नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्षहरु भोला थापा, महेशराज पौडेल र वर्तमान अध्यक्ष नारायण सापकोटाको नाम अग्रपंक्तिमा छ । अरनिको टेलिभिजन र सञ्जीवनीपत्रका समेत सञ्चालक थापा सफल व्यवसायी हुन् । हाल उनी पनौती उद्योग वाणिज्य संघको नेतृत्व गरिरहेका छन् । विद्यार्थी जीवनदेखी राजनीतिमा सक्रिय महेशराज पौडेल काँग्रेसका निर्वाचित जिल्ला सदस्य तथा प्रशिक्षण विभागका संयोजक समेत हुन् । पत्रकार महासंघका वर्तमान अध्यक्ष नारायण सापकोटा पनि मेयरका आकांक्षी हुन् । 
 
त्यस्तै महासंघ सदस्य तथा काँग्रेस जिल्ला सचिव दिनेश लामा पनि रोशी गाँउपालिकाको अध्यक्ष पदका दावेदार हुन् । महासंघका अर्का सदस्य टिपी शर्मा तिमल्सिना एमालेको तर्फवाट नमोबुद्ध नगरपालिका प्रमुखमा अग्रपंक्तिमा छन् भने प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डिल वहादुर थोकर माओवादी केन्द्रवाट तेमाल गाँउपालिका प्रमुखमा दावी गरिरहेका छन् । प्रेस सेन्टरकै केन्द्रीय सदस्य तथा पत्रकार महासंघका सदस्य यदुनाथ गौतम मण्डन देउपुर नगरमा दावी गरिरहेका छन् । पार्टी निकट रहेर पत्रकारिता र राजनीति गरिरहेका सञ्चारकर्मी वाहेक काभ्रेका सबै तहमा प्रमुख पदको आकांक्षी तथा दावेदारहरुको विवरण यसप्रकार रहेको छ । 
 
बनेपा नगरपालिका
नेपाली काँग्रेसः कृष्णगोपाल भैल, राम जोशी, रामकुमार मुल्मी, योगेन्द्र कर्माचार्य । 
नेकपा एमालेः लक्ष्मीनरसिं बादे, रघुवरचौ प्रधान, सिला कतिला, लम्बोदर कायस्थ ।
माओवादी केन्द्रः तुलसी नारायण श्रेष्ठ, भैरव केसी, रञ्जितसिं कपाली ।
राप्रपाः रोहित बादे, भवनाथ दाहाल, उदयसिं मुस्याजु, दामोदर थापा ।
फोरम लोकतान्त्रिकः सविना श्रेष्ठ, प्रेम वैदार ।
राष्ट्रिय मधेशवादी पार्टीः सवरकुमार प्रजापति, सुरेश श्रेष्ठ ।
 
धुलिखेल नगरपालिका
नेपाली काँग्रेसः इश्वरी ओझा, रमेश हुमागाईं, विमल ब्याञ्जु, जितकृष्ण घिनान्जु, रविन्द्र सिग्देल, समिर ब्याञ्जु, राजाराम गौतम ।
नेकपा एमालेः अशोक ब्याञ्जु, रामकृष्ण हुमागाईं, केशव बडाल ।
माओवादी केन्द्रः दिलसुन्दर श्रेष्ठ, सुभाषकाजी श्रेष्ठ, पृथ्वी थापा । 
राप्रपाः महेन्द्रविक्रम शाह, बुद्धराम श्रेष्ठ, रविन्द्र श्रेष्ठ ।
 
पनौती नगरपालिका
नेपाली काँग्रेसः विदुर बञ्जारा, रामशरण भण्डारी, भोला थापा, अर्जुन बञ्जारा ।
नेकपा एमालेः भिम न्यौपाने, बसुन्धरा हुमागाईं, रमेश पौडेल, सुरेश हुमागाईं, सहदेव थापा, विश्वेश्वर बञ्जारा ।
माओवादी केन्द्रः जगन्नाथ गिरी, द्वारिका दास, प्रभुराम केसी ।
राप्रपाः राजेन्द्र केसी, आरजुकुमार केसी, रामहरि केसी ।
 
पाँचखाल नगरपालिका
नेपाली काँग्रेसः अर्जुन सापकोटा, कुमार लामिछाने, सुन्दरमणी आचार्य, गणेश अधिकारी 
नेकपा एमालेः रुद्र बानियाँ, कञ्चन अधिकारी, रविन्द्र सिपखान, शुभ अधिकरी ।
माओवादी केन्द्रः हरि दुलाल, गणेश श्रेष्ठ, दामोदर अधिकारी, कुमार गौतम ।
राप्रपाः सत्यदेवी थापा, रामगोपाल ढुंगाना, केदार ढुंगाना ।
 
नमोबुद्ध काशीखण्ड नगरपालिका
नेपाली काँग्रेसः कुन्साङ लामा, इन्द्र दाहाल, इन्द्रबहादुर खड्का ।
नेकपा एमालेः टि.पी. शर्मा, चन्द्र लामा, गोमा भुर्तेल, कृष्णचन्द्र आचार्य, राकेश लामा ।
माओवादी केन्द्रः रत्न लामा, हरि तिमल्सिना ।
राप्रपाः केशव रायमाझी, हरिकृष्ण काफ्ले, भवानी उप्रेती ।
 
मण्डन देउपुर नगरपालिका
नेपाली काँग्रेसः अच्युत पौडेल, माधव ढकाल, केशव तिमल्सिना ।
नेकपा एमालेः टोक वहादुर वाइवा, रुद्रबहादुर तामाङ, राधाकृष्ण बस्ताकोटी, विदुर सापकोटा, कृष्णकुमार श्रेष्ठ ।
माओवादी केन्द्रः रिता ढकाल, निराजन ढकाल, राज लामा, यदुनाथ गौतम ।
राप्रपाः रामकृष्ण सापकोटा, इन्द्रलाल श्रेष्ठ ।
 
तेमाल गाउँपालिका
नेपाली काँग्रेसः सञ्जिव लामा, जोगलाल लामा, सलामसिं लामा ।
नेकपा एमालेः नारायण पाण्डे, इन्द्र तामाङ, कामीसिं तामाङ, जेनिस लामा, घनश्याम लामा ।
माओवादी केन्द्रः सार्किमान तामाङ, खड्गबहादुर तामाङ, डिलबहादुर थोकर ।
राप्रपाः कामीसिं लामा, केशव लामा ।
 
चौरी देउराली गाउँपालिका
नेपाली काँग्रेसः विक्रम गौतम, माधव पन्त, शेरबहादुर लामा, विष्णु चौलागाई, प्रमिला योञ्जन ।
नेकपा एमालेः मुकुन्द गौतम, लेखराज गौतम, दिलिप घिसिङ, बाबुकृष्ण पन्त, चन्द्रसागर लामा ।
माओवादी केन्द्रः दिनानाथ गौतम, विष्णु गौतम, हेम चौलागाईं, रुकु गौतम, गीता रसाइली ।
राप्रपाः जितबहादुर कुँवर ।
 
भुम्लु गाउँपालिका
नेपाली काँग्रेसः बालकृष्ण श्रेष्ठ, तस्वीर लामा, तोरणबहादुर क्षेत्री ।
नेकपा एमालेः जनार्दन अधिकारी, गुमानध्वज कुँवर, प्रेम लामा, सुरेश कक्षपति, कृष्णमान तामाङ । 
माओवादी केन्द्रः प्रेम भुजेल, सूर्यदेव योञ्जन, नकुल पराजुली ।
राप्रपाः दिनेश लामा, तेजबहादुर केसी ।
 
महाभारत गाउँपालिका
नेपाली काँग्रेसः सागर लामा, विष्णु पुलामी, राम लामा, वृखध्वज वाइबा ।
नेकपा एमालेः बसन्त कुँवर, टेकबहादुर थापा, घनश्याम आलेमगर, सुजन राना मगर ।
माओवादी केन्द्रः कुलदिप अस्थानी मगर, सुजन लामा, कान्छामान जिम्बा ।
 
रोशी गाउँपालिका
नेपाली काँग्रेसः शंखबुद्ध लामा, दिनेश लामा, डी.वी. लामा, गुणराज मोक्तान ।
नेकपा एमालेः अमित लामा, दिलिप तामाङ, जगत शाह, हरिकुमार मैनाली ।
माओवादी केन्द्रः अशोक गौतम, कृष्णबहादुर आले मगर, मिनबहादुर वाइबा ।
राप्रपाः टुल्कु लामा, यदुमन शाह, पशुपतिकुमार शाह ।
 
खानीखोला गाउँपालिका
नेपाली काँग्रेसः रघुनाथ तिमल्सिना, गोपाल दर्लामी, हस्तबहादुर घेवा ।
नेकपा एमालेः शेखर लामा, मानबहादुर गोले, कृष्ण खुलाल ।
माओवादी केन्द्रः दैवलाल घिसिङ ।
राप्रपाः चन्द्र जिम्बा, डम्बर घिसिङ ।
 
बेथानचोक गाउँपालिका
नेपाली काँग्रेसः नारायण तिमल्सिना, प्रेमबहादुर तिमल्सिना, गोमा गोले, मर्दनसिं लामा, भगवान आधिकारी  ।
नेकपा एमालेः कमल तिमल्सिना, वेदप्रसाद तिमल्सिना, प्रेम लामा ।
माओवादी केन्द्रः जयबहादुर लामा, सुदर्शन थापा, पेमा लामा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ