arrow

भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता कार्यक्रम

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
no-corruption.jpeg
गुलरिया । जनचेतनामूलक कार्यक्रममार्फत स्थानीयलाई सचेतना जगाउने उद्देश्यले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता नारासहित एकदिने भ्रष्टाचारविरुद्धको नागरिक सचेतना कार्यक्रम ठाकुरबाबा नगरपालिका–३, मानपुरमा सम्पन्न भएको छ । 
 
विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रममार्फत सचेतना जगाउनेक्रममा हिमालय सहकारी संस्था लिमिटेड, मानपुरको आतिथ्य र भ्रष्टाचार विरुद्ध नेपाल, काठामाडौँको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको हो । 
 
यसअघि बर्दियाको गुलरिया नगरपालिका र बाँसगढी नगरपालिकामा पनि भ्रष्टाचारविरुद्ध नेपाल, काठामाडौँको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भइसकेको छ । 
 
कार्यक्रममा विभिन्न पेशा तथा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुले विभिन्न सरकारी कार्यालयहरुमा काम लिएर जाँदा तोकिएको दस्तुरभन्दा बढी पैसा नदिई काम नहुने गरेको र जानाजानी आफूहरुले बाध्य भएर तोकिएकोभन्दा बढी शुल्क तिर्ने गरेको बताउँदै अब भने आफ्नो ठाउँबाट भ्रष्टाचारको विरुद्धमा आफूहरु उभिने बताएका छन् । 
 
कार्यक्रममा बोल्दै भ्रष्टाचारविरुद्ध नेपालका केन्द्रीय अध्यक्ष रामकुमार ठाकुरले संविधानमा भ्रष्टाचारलाई बढावा दिनेखालका केही त्रुटीहरु भएको बताउँदै संविधानले पनि भ्रष्टाचारलाई बढावा दिएको र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको बताए ।
 
कार्यक्रममा भ्रष्टाचारविरुद्ध नेपालका केन्द्रीय अध्यक्ष ठाकुर, जिल्ला कोषाध्यक्ष तुलकुमारी केसी, अभियानका सहभागीहरु केशव योगी, राधा मानन्धर, प्रविनराज श्रेष्ठ, शिवकुमार अधिकारी, हिमालय सहकारी संस्था लिमिटेडका अध्यक्ष घननारायण श्रेष्ठलगायतले आफ्नो विचार राखे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ