arrow

विश्वकप छनोटमा इरान अर्को चरण जाने पक्का, इराक बाहिरिने पक्का

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
football.jpeg
काठमाडौं । विश्वकप छनोट फुटबलमा इरान अर्को चरण प्रवेश गर्ने लगभग पक्का भएको छ । एएफ्सी समूह ए मा रहेको इरानले मंगलबार राति घरेलु मैदानमा चीनमाथि १–० को जित हासिल गर्दै समूहको शीर्ष स्थानमा रहेको छ ।
 
सातौं चरणको समाप्तिसम्म इरानको १७ अंक छ । दोस्रो स्थानको दक्षिण कोरियाको १३ तथा उज्वेकिस्तानको १२ अंक छ । सिरियाको ८, चीनको ५ तथा कतारको ४ अंक छ । चीन र कतार बाहिरिइसकेका छन् । 
 
मंगलबार रातिको खेलमा दक्षिण कोरियाले सिरियालाई १–० ले हरायो । उज्वेकिस्तानले कतारमाथि पनि समान १–० को जित निकाल्यो । 
 
यता समूह बीबाट जापान शीर्ष स्थानमा छ । जापानले थाइल्याण्डलाई ४–० ले हरायो । शिन्जी कागावाले दुई तथा युया कुबो र माया योसिदाले एक एक गोल गरे ।
 
अष्ट्रेलियाले युएईलाई २–० ले तथा साउदी अरेबियाले इराकलाई १–० ले हरायो । जापान र साउदी अरेबिया समान १६–१६ अंकसहित शीर्ष स्थानमा छन् ।
 
अष्ट्रेलियाको १३ तथा युएईको ९ अंक छ । ४ अंकको इराक र १ अंकको थाइल्याण्ड भने बाहिरिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ