arrow

मेस्सी गए अर्जेन्टिना पनि गयो

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
argentina-bolivia.jpeg
ला पाज । रेफ्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सीलाई फिफाले चार खेलमा प्रतिबन्ध लगाएपछि अर्जेन्टिना पनि डग्मगाएको छ ।
 
अर्जेन्टिना विश्वकप छनोटको खेलमा बोलिभियासंग २–० ले पराजित भएको हो । मध्यान्तरअघि हुँवा कार्लोस आर्सले पहिलो गोल गरेका थिए भने ५३ औं मिनेटमा मार्सेलो मार्टिन्स मोरेनोले अग्रतालाई दोब्बर गरेका थिए ।
 
हारपछि अर्जेन्टिना १० टोली सहभागी समूहको १४ खेलबाट २२ अंकसहित पाँचौं स्थानमा झरेको छ ।
 
चार टोली विश्वकप छनोटको अर्को चरणमा पुग्नेछन् भने पाँचौं स्थानको टोलीले फेरि अर्को छनोट खेल्नुपर्नेछ । समूहमा ब्राजिलको शान कायमै छ ।
 
अर्जेन्टिनाभन्दा अगाडि युरुग्वे, कोलम्बिया र चिली छन् ।  
Arce, the 31-year-old forward, headed home just after the half-hour mark to put Bolivia in front
Angel Correa keeps the ball away from the sliding challenge of Arce in the first half
Facundo Roncaglia (right) chases down possession under the supervision of Jorge Flores
Angel di Maria cuts a frustrated figure after missing a chance early in the game
Correa leaps forward after Edward Zenteno fails to win back the ball with a diving tackle
Bolivia's Juan Pablo Aponte gets to the ball in front of Argentina's Lucas Pratto
Di Maria hangs his head - Argentina's players visibly struggled with the altitude in La Paz
Marcelo Martins of Bolivia wins a header ahead of Argentina's Mateo Musacchio



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ