arrow

आरआर क्याम्पसमा अनेरास्ववियुले नै गाड्यो झण्डा

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
rrcampus.jpeg
काठमाडौं । राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी भएको छ । कुल एक हजार दुई सय ७८ मत खसेकामा सभापतिमा विजयी तपेन्द्रबहादुर शाहीले ६९९ मत प्राप्त गरे ।  
 
सचिवमा नारायण शर्माले ६९६ र कोषाध्यक्षमा संगमप्रसाद देवकोटाले ७१० मत प्राप्त गरी विजयी  छन् । पदाधिकारीमा अन्य पद भने मिश्रित प्रणाली अनुसार समानुपातिकतर्फको मतबाट निर्णय हुन्छ । 
 
समानुपातिकतर्फ अनेरास्ववियुले ७ सय ७७, नेविसंघले ३ सय ५०, अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)ले ५३, संयुक्त प्यानलले ५२, नेक्राविसंघले ५ र अनेरास्ववियु पाँचौँले ६ मत प्राप्त गरेका छन् ।
 
मंगलबार सम्पन्न चुनावका लागि उपत्यकाका विभिन्न प्रहरी युनिटका १० डिएसपीसहित ४८० सुरक्षाकर्मी खटिएका थिए । बुथको सुरक्षादेखि विभिन्न तहमा गरी पद्मोदय मोडसम्म सुरक्षाकर्मी खटिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ