arrow

कांग्रेसका उम्मेदवारको टुंगो वैशाख ७ भित्र

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
Congres-FNL.jpg.jpeg
काठमाडौं । कांग्रेसले पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनका लागि ७ वैशाखभित्र उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको छ । 
 
कांग्रेस बैठकले स्थानीय तहका उम्मेदवारको मनोनयनपत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी क्षेत्रीय र जिल्ला सभापतिलाई दिनेसमेत निर्णय गरेको छ । 
 
एउटै निर्वाचन क्षेत्रभित्रका गाउँ(नगरमा क्षेत्रीय सभापति र दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्रभित्र पर्ने गाउँ÷नगरमा जिल्ला सभापतिले उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर गर्ने छन् ।
 
स्थानीय तहमा पार्टीका समन्वय समिति
कांग्रेसले स्थानीय तह अनुसार पार्टी संरचना परिवर्तन गर्ने निर्णय गरेको छ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका समन्वय समिति गठन गर्ने कांग्रेस निर्णय छ । 
 
तत्कालका लागि गाउपालिका बनेको ठाउँमा केन्द्र रहेको इकाईको सभापतिलाई  संयोजक र आवस्यकता अनुसार अन्य इकाईका सभापतिहरुलाई सहसंयोजक तथा सबै इकाई समितिका पदाधिकारी एवं सदस्यलाई सदस्य कायम गर्ने निर्णय पनि भएको छ । 
 
एक वा एकभन्दा बढि वडा गाभिएर बनेको वडामा पनि गाउपालिकामा गरिए अनुसार नै समिति गठन गर्ने निर्णय कांग्रेसको छ ।
 
नगरपालिका उपमहानगरपालिकामा विस्तार भएको र उपमहानगरपालिका महानगरपालिकामा विस्तार भएकोमा पनि केन्द्र रहेको इकाई सभापतिलाई संयोजक र अन्य इकाई सभापतिलाई सहसंयोजक बनाइने भएको छ । 
 
एक वा एकभन्दा बढि वडा गाभिएर बनेको वडामा पनि गाउपालिकामा गरिए अनुसार नै समिति हुनेछन् ।
 
कांग्रेसको आइतबारदेखि चलेको बैठकले पार्टीको कार्यसम्पादन समिति, स्थानीय तहको निर्वाचन परिचालन समिति र स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र मस्यौदा निर्माण समितिसमेत बनाएको छ । 
 
निर्वाचन परिचालन समितिको संयोजक नेता रामचन्द्र पौडेल र घोषणापत्र मस्यौदा समिति संयोजकमा महेश आचार्य चयन भएका छन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ