arrow

काँग्रेस नेता शाहको ढुङगाले किचेर हत्या, विप्लव माओवादीप्रति आशंका

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
rabindra-shah.jpeg
जाजरकोट । जाजरकोटका नेपाली काँग्रेसका स्थानिय नेता रवीन्द्र शाहलाई मंगलवार साँझ नचिनेका मानिसहरुको एक समुहले ढुङगाले किचेर ज्यान लिएका छन् । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका ३६ बर्षिय शाहलाई साँझ सदमुकाममा एक समुहले ढुङगाले किचेर ज्यान लिएको हो । 
 
साथीहरुसँग इभिनिङ वाकमा रहेका शाहलाई अचानक आक्रमण भएको थियो। साथीहरुलाई समेत आक्रमण गरेर भाग्न मौका दिएका उनीहरुले शाहलाई भने घेरावन्दी गरि ढुङगामुढा गरेर लडाएका थिए । 
 
भेरी नगरपालिकास्थित ३ वडा सदरमुकाम खलङगामा रहँदै आएका शाहमाथि वजार नजिकै अस्पताल छेउमा आक्रमण भएको थियो। इभिनिङ वाकमा गएका उनीमाथि पौने ७ वजेको आक्रमण भएको स्थानिय पत्रकार तथा प्रेस युनियनका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले जानकारी दिए । 
 
पाँचतारा यूवा संरक्षण मञ्चका नामक गैरसरकारी संस्थाका अध्यक्ष शाही जाजरकोटमा यूवाहरुमाझ लोकप्रिय रहेका थिए । एक सय भन्दा वढी कर्मचारी भएको संस्थाका अध्यक्ष रहेका उनीमाथि केहि महिना पहिले विप्लव माओवादीका कार्यकर्ताले चन्दा माग्ने क्रममा धम्क्याएका थिए। चन्दा दिन अस्विकार गरेका शाहलाई त्यसबेलामा माओवादी कार्यकर्ताहरुले धम्क्याएर गएका थिए । 
 
मंगलवार सदरमुकाममा अचानक शाहको हत्या भएपछि उनको हत्यामा माओवादीको हात रहेको आशंका गरिएको छ । स्थानिय प्रहरीले सबै कोणबाट अनुसन्धान गरि दोषीलाई नियन्त्रणमा लिइने बताएका छन्। प्रहरीले खोजी कार्य तत्काल शुरु गरेको बताएको छ । 
 
उनलाई ८-१० जनाको समुहमा आएकाहरुले ढुङगाले किचीकिची मारेका उनीसँगै यात्रामा गएकाहरुले बताएका छन्। उनीहरुले नै प्रहरीलाई खवर गरेपछि करिव १ घण्टामा प्रहरी घटनास्थलमा पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ