arrow

आफै घर बनाउन नसकेका समुदायलाई घर बनाइदिने कार्यक्रम ल्याए मन्त्री केसीले

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
arjunkc.jpeg
काठमाडौं   यो वर्षसम्म ५२ जिल्लालाई कभर गरेको जनताआवास कार्यक्रम आगामी वर्षदेखि काठमाडौँ उपत्यकाबाहिरका ७२ जिल्लामै पुर्‍याइने भएको छ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले चैत्र १५ गते जनताआवास कार्यक्रमसम्बन्धी अन्तरमन्त्रालय समन्वय बैठकको अध्यक्षतागर्दै निर्देशनस्वरुप ७२ जिल्लाका २५ हजार परिवारलाई घरबास निर्माणअघि बढाउने र सोही अनुरुपको बजेट बनाउन निर्देशन दिएका छन् । जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन जग्गानै नभएका  लक्षित जनतालाई जग्गा उपलब्ध गराउन र सम्भव नभए जग्गा खरिदका लागि १ लाख उपलब्ध गराउन पनि मन्त्री केसीले निर्देशन दिएका छन् ।
 
आफै घर बनाउन नसकेका दलित, जनजाति, मुसलमान, संकटापन्न, लोपोन्मुख र अल्पसंख्यक, पछाडि परेका जाति र समुदायलाई २०६६/६७ देखि सरकारले सुरक्षितआवासको व्यवस्थागर्दै आएको छ ।अतिविपन्न, असहाय, असक्त, बृद्धबृद्धा, अनाथबालबालिका, एकलमहिलाजस्ता घरमूलीजनताआवास कार्यक्रमको घरका लाभग्राही रहेकाहरूलाई सबभन्दा बढी प्राथमिकतामा राख्न पनि बैठकको जोड थियो । । यस्ता आवास गृहमा शौचालयको व्यवस्था पनि हुनुपर्ने अनिवार्यता कार्यविधिले तोकेको छ । शौचालयनिर्माण नहुन्जेल घर निर्माण भए पनि कार्यविधिले काम पूरा भएको मान्दैन ।
 
चालु आर्थिक वर्षका लागि २२ हजार परिवारका लागि जनताआवास कार्यक्रमल्याउने लक्ष्य राखिएको र यो वर्ष सम्पन्न गर्नुपर्ने ३ हजार घर निर्माणको कार्य पूरा गर्न जनताआवास कार्यक्रमकार्यविधि नै कतिपय सन्दर्भमा बाधक बनेको तीतो अनुभवलाई दृष्टिगत गर्दै यसको न्यायोचित संशोधनहुनुपर्ने कुरामाअधिकांश सहभागिहरूले विचार व्यक्त गरेका थिए । उक्तकार्यविधिले कतिपय सन्दर्भमा व्यवधान पु¥याएकोमा कार्यविधिलाई संशोधन र परिमार्जन गरी लचिलो र ब्यावहारिक बनाउन एवं जनता आवाससम्बन्धी अनुगमन समितिलाई प्रभावकारी बनाउन कार्यालयको व्यवस्थाका लागि समेत मन्त्री केसीले निर्देशन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ