arrow

रहेनन् मण्डेलाका सहयात्री, अस्वेत सङ्घर्षका अगुवा 'अहमद कथ्राडा'

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
kathrada.jpeg
जोहनेसबर्ग। दक्षिण अफ्रिकामा स्वेतहरुले गरेको शासनका विरुद्ध अस्वेतले गरेको सङ्घर्षका अगुवा अहमद कथ्राडाको मङ्गलबार विहान निधन भएको छ । दक्षिण अफ्रिकाका सर्वोच्च नेता नेल्सन मण्डेलाका सबै भन्दा नजिकका सहयात्री कथ्राडाको ८७ वर्षको उमेरमा निधन भएको हो । 
 
कथ्राडा मण्डेलासँग सन् १९६४ मा आन्दोलन र जेलमा संगसगै परेका थिए । उनिहरुले नेतृत्व गरेको आन्दोलनले संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो । उनले २६ वर्ष तीन महिना कारागारका विताएका थिए । मस्तीष्कको शल्यक्रिया भएको केहीदिनमै जोहानसबर्ग स्थीत अस्पतालमा उनको मृत्यु भएको हो । 
 
अस्वेत विरुद्ध गरिने भेदभाव विरुद्धको आन्दोलन सकिएपछि उनि सन् १९९४ देखि सन् १९९९ सम्म संसद् सदस्य बनेका थिए । उनको निधन भएकोमा अफ्रिकामा गहिरो दुःख व्यक्त गरिएको छ । अहमद कथ्राडा फाउन्डेसनका प्रमुख निशान बाल्टोनले शोक वक्तव्य प्रकाशित गर्दै उनको निधनले मुलुकलाई ठुलो क्षती पुगेको बताए । 
 
“उनले संसारका विभिन्न ठाउँमा रहेका लाखौँ व्यक्तीलाई प्रेरित गर्नुभएको थियो,” वक्तव्यमा भनिएको छ । स्वेतहरुले गरेको शासनका विरुद्ध अस्वेतहरुले गरेको संघर्षमा उनि १७ वर्षको उमेर देखिनै सक्रिय थिए । 
 
उनलाई भद्र, निःश्वार्थी, त्यागी, सहयोगी र उदार व्यक्तिको रुपमा धेरै जानाले चिन्दथ्ये । उनले जलेमा रहेकै बेला अध्ययन गरेर चार ओटा विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ