arrow

काँग्रेस महामन्त्रीको क्षेत्रमा चुनावी सरगर्मी

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
shashanka-koirala.jpg.jpeg
नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क काइरालाले चुनाव जितेको नवलपरासी क्षेत्र नं. १ मा स्थानीय तहको चुनावी सरगर्मी ह्वात्तै बढेको छ । 
 
नेपाली कांग्रेस केन्द्रीय समितिको जारी बैठक स्थानीय निर्वाचनमा कस्तो उमेदवार छनौट गर्ने भन्ने मापदण्ड निर्माणमा केन्द्रीत रहेका बेला नवलपरासीमा चुनावी माहोल तातेको हो । 
 
काँग्रेसको पकड क्षेत्र मानिएको गैंडाकोट नगरपालिकामा कसलाई मेयर बनाउने भन्ने विषयमा सर्वत्र चासोको रुपमा रहेको छ । पञ्चायती शासन व्यवस्थामा पनि काँग्रेसका महत्वपूर्ण शिविरहरु सञ्चालन भएको यस ऐतिहासिक ठाउँमा सक्षम र दूरदर्शी उमेदबारलाई मेयरको टिकट दिनुपर्ने दबाब नगर, जिल्ला र केन्द्रीय नेतृत्वमा परेको छ । 
 
सामाजिक रुपान्तरण र विकासका क्षेत्रमा आफूलाई सफलरुपमा प्रस्तुत गरिसकेका युवा नेता केशवप्रसाद सापकोटालाई गैंडाकोटको मेयर बनाउनुपर्ने माग काँग्रेसका युवाहरुले गरेका छन् । करिब ३५००० सदस्य भएको राष्ट्रिय स्तरको बिकु बचत तथा ऋण सहकारी संस्थाका वर्तमान अध्यक्ष सापकोटाबाहेक गैंडाकोटको मेयरका लागि मदनभक्त अधिकारी र ओम सापकोटाको नाम पनि चर्चामा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ