arrow

आरआर क्याम्पसको स्ववियु विरुद्ध क्रान्तिकारीले सर्वोच्चमा मुद्दा हाल्ने

समानान्तर स्ववियु गठन गरिने

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
RR_campus_chait_15.jpeg
काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव चलिरहँदा अखिल कान्तिकारी भने  चुनावको विरुद्ध सर्बोचको जाने भएको छ । म‌ंगलबार क्याम्पसमा निर्वाचन चलिरहँदा बाहिर विरोधमा उत्रिएको क्रान्तिकारी निर्वाचन खारेजीको माग सहित सर्वोच्च जाने तयारीमा रहेको  अखिल क्रान्तिकारीको तर्फबाट कोषाध्यक्षका उम्मेदवार सागर लिम्बुले जानकारी दिए।
 
सर्वोचको अन्तरिम आदेश बिरुद्ध क्याम्पस प्रशासनले चुनाव गराएको भन्दै क्रान्तिकारी सर्वोच्च जान लागेको हो । क्रान्तिकारीले सर्वोच्चमा मुद्दा दर्ताको लागि कानुनी परामर्श भइरहेको  लिम्बुले जानकारी दिए।
 
निर्वाचन आचार संहिताले रोकेको निर्वाचन गर्नको लागि सर्वाेच्चले केही दिन अघि बाटो खुल्ला गरिदिएपछि मंगलवार रत्न राज्य लक्ष्मी क्याम्पसमा स्ववियुको मतदान कार्यक्रम चलिरहेको छ।  सोही समयमा नेकपा माओवादी केन्द निकट अखिल क्रान्तिकारीले भने चुनाव बहिस्कार गरेको छ। 
 
हाम्राकुरासँग कुरा गर्दै  लिम्बुले भने सर्वोच्चले जहाँ अन्त्य भएको हो त्यहीँबाट चुनाव गराउन आदेश दिएको भएपनि क्याम्पस प्रशासनले नेबिसंघलार्इ मनोनयन दर्ता गर्न दिएर अदालतको फैसला बिरुद्ध गएकोले आफुहरुले चुनाव बहिस्कार गरेको बताए। यदि नेबिसघंले उम्मेदवारी दर्ता गर्न पाउने भए आफूहरुले पनि उम्मेदवारी फिर्ता लिन पाउनु पर्ने उनको भनाइ छ। अखिल क्रान्तिकारीले आफूले दर्ता गरेको मनोनयन फिर्ता लिन माग गरेको थियो तर क्याम्पस प्रशासनले फिर्ता लिन नमानेपछि क्रान्तिकारी आन्दोलित बनेको हो । 
 
फरक प्रसंगमा कुरा गर्दै उनले अखिल कान्तिकारी,  संघीय समाजबादी र अखिल छैटौ लगायतले समानान्तर स्वबियु घोषणा गर्ने समेत तयारी भइरहेको जानकारी दिए। मंगलबार बिहानबाट सुरु भएको मतदान कार्यलार्इ बिथोल्न खोज्दा प्रहरीले बल प्रयोग समेत गर्नु परेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ