arrow

एसियन इमर्जिङ कप : नेपाल बंगलादेशसँग पनि पराजित, लगातार दोस्रो हार

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
Nepal-cricket.jpeg

बंगलादेश । बंगलादेशमा जारी एसियन इमर्जिङ कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । समूहको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशको यु–२३ टोलीसँग ८३ रनले पराजित भएको छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

बंगलादेशले दिएको २५८ रनको चुनौती पछ्याएको नेपाल ४३ ओभर ३ बलमा अलआउट हुँदै एक सय ७४ रनमै समेटियो ।  टस हारेर पहिले व्याटिङ गरेको बंगलादेशले नेपाललाई निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २५८ रनको चुनौती दिएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ५६ रन बनाए । दिलिप नाथले ४१ रन बनाए । ऐरी र नाथ ४ विकेट चट्काएका राहतुल जावेदको धरापमा परे । विनोद भण्डारीले ३३ रन बनाउँदा कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले खाता नै खोल्न सकेनन् । पाकिस्तानसँगको पहिलो खेलमा ज्ञानेन्द्रले जम्मा २ रन बनाएका थिए ।  

बंगलादेशलाई विजयी गराउन नासिर होसेनको १०९ रन निर्णायक रहयो । यस्तै,  कप्तान मोमिनुल हकले ६१ रनको योगदान गरेका थिए । १ रनमा पहिलो विकेट लिएको नेपालले ३३ रनमा बंगलादेशको ४ विकेट लिएको थियो । त्यसपछि बंगलादेशका कप्तान  मोमिनुल हक र नासिर होसेनले बंगलादेशको पारी सम्हाले । नेपाली बलर अविनाश कर्णले ३ विकेट लिँदा सन्दिप लामिछानेले २ विकेट हात पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ