arrow

टेलिकमले ब्यालेस सकिए लोन दिने

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
Nepal_Telecom.jpeg
काठमाडौं ।  नेपाल टेलिकमले जिएसएम तथा सिडिएमइ प्रिपेड सेवाका सेवाग्राहीहरुलाई लोन रकम दिने भएको छ । 
 
लोन रकमका लागि नेपाल टेलिकम र हेमन्त ट्रेड सेन्टर प्रा.ली. बीच चैत्र ६ गते सम्झौता भएको छ । सो सम्झौतामा टेलिकमको  प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रा.ली. को तर्फबाट निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन् ।
 
सम्झौतासँगै उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड  मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ । कम्पनीले यो सुविधा प्रयोग गरे वापत थप कुनै चार्ज वा ब्याज नलिई उपभोक्तालाई लोन रकम उपलब्ध गराउने जनाएको छ। रिचार्ज पछि उपलब्ध हुने ब्यालेन्सबाट लोन रकम कट्टा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ