arrow

एसियन इमर्जिङ कप क्रिकेटः बंगलादेशद्वारा नेपाललाई जीतकालागि २५८ रनको लक्ष्य

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
Nepal-cricket.jpeg
कक्स बजार, बंगलादेश। बंगलादेशमा भइरहेको एसियन इमर्जिङ कप क्रिकेटको दोस्रो खेलमा बंगलादेश यु-२३ले नेपाललाई ५० ओभरमा २५८ रनको लक्ष्य दिएको छ। 
 
टस हारेर पहिले ब्याटीङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २५७ रन बनाएको हो।बंगलादेशकालागि नासिर होसेनले आउट नभई १०९ रन बनाएका थिए। त्यसैगरि कप्तान मोमिनुल हकले ६१ रनको योगदान गरेका थिए। 
 
राम्रो बलिङको सुरुवात गरेको नेपाले पछिल्लो क्रममा आफ्नो बलिङ कसिलो गर्न नसक्दा ठूलो स्कोत बनाउन बंगलादेश सक्षम भएको हो। 
 
१ रनमा पहिलो विकेट लिएको नेपालले ३३ रनमा बंगलादेशको ४ विकेट लिएको थियो। त्यसपछि बंगलादेशका कप्तान  मोमिनुल हक र नासिर होसेनले बंगलादेशको पारी सम्हालेका थिए। 
 
नेपालकालागि अविनाश कर्णले ३ विकेट लिएाक थिए भने सन्दिप लामिछानेले २ विकेट हात पारेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ