arrow

आरआर क्याम्पसमा स्ववियु चुनाव हुन सकेन, क्रान्तिकारी विद्यार्थी आन्दोलनमा

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
rrcampus.jpeg
काठमाडौं । राजधानीको रत्नराज्य क्याम्पस आरआरमा मंगलबार बिहान ८ बजेदेखि हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुने स्थितिमा पुगेको छ । गत फागुन १८ गते हुनुपर्ने निर्वाचन हुन नसकेपछि चैत १५ गतेका लागि तोकिएको थियो ।
 
तर संयुक्त विद्यार्थीको प्यानलमा क्रान्तिकारी विद्यार्थीहरुले चुनाव स्थगित गर्न आन्दोलन गरेपछि चुनाव रोकिने सम्भावना बढेको छ । 
 
अनेरास्ववियुको गढका रुपमा मानिएको आरआरमा यसपटक नेविसंघको पनि राम्रै उपस्थिति रहेको छ ।
 
आफूहरुको स्ववियुका उपस्थिति न्यून हुने देखेपछि क्रान्तिकारीहरु चुनाव भाँड्न लागेको आरआरका एक अनेरास्ववियु विद्यार्थी नेताले बताए । 
 
सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहे पनि अहिलेसम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन । विद्यार्थीहरु मतदानका लागि लाइनमै रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ