arrow

स्थानीय तहको उम्मेदवार बन्न शैक्षिक योग्यता नै नचाहिने

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
Election_local_2074.jpeg
काठमाडौं । अब हुने स्थानीय तहको चुनावबाट छानिने जनप्रतिनिधि कस्तो हुनुपर्छ ? संविधान र स्थानीय तह निर्वाचन ऐनले उम्मेदवार हुन केही योग्यता तोकेका छन् । 
 
शैक्षिक योग्यता भने तोकिएको छैन । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य बन्न मतदाता नामावलीमा नाम भएर २१ वर्ष पुगे पुग्छ । 
 
शैक्षिक योग्यता नतोकिएकाले निरक्षर पनि उम्मेदवार हुन पाउँछन् । उम्मेदरवारका लागि यसअघि स्थानीय निकाय निर्वाचन ऐनले तोकेको योग्यता नै कायम छ ।
 
‘जनप्रतिनिधिका लागि शैक्षिक योग्यता तोक्नु हुँदैन भन्ने एउटा अवधारणा भएकाले संविधानमा उम्मेदवारका लागि शैक्षिक योग्यता तोकिएको छैन,’ स्थानीय संरचनाबारे जानकार श्यामकृष्ण भुर्तेल भन्छन्, ‘पढेलेखेकै कारण कोही कुशल नेता हुन्छ भन्ने त होइन तैपनि परिवेशै नबुझेको मानिस ल्याएर हुन्न ।’ (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ