खुदुनाबारी। इलामका सामुदायिक वनमा अनेकौं बहाना देखाउँदै वन प्रसासनले पैसा असुल्ने गरेको खुलासा भएको छ । वन संरक्षण,संवद्र्धन र प्रवर्धन गर्ने निकाय जिल्ला वन कार्यालय सहित सेक्टर वन कार्यालय सुखानी इलामले गाडी मर्मत सहित अनेकौं बहानामा पैसा असुल्ने गरेको सामुदायिक वनका पदाधिकारीले बताएका छन् ।
सामुदायिक वनमा बार्षिक कारोबारको आधारमा वन कार्यालयले गाडी मर्मत सहित अनेकौं बहानामा रकम असुल्ने गरेको सामुदायिक वनका पदाधिकारीहरुले बताएका छन् ।सिर्जना सामुदायिक वन समूहका अध्यक्ष टेक बहादुर तामाङले जिल्ला वन इलाम,सेक्टर वन,इलाका वन कार्यालयले पैसाको मोलमोलाई गरेर हैरान बनाउने गरेको बताए । अध्यक्ष तामाङले नेपाल सरकारले तलब खुवाउने भन्दा ज्यादा रकम सामुदायिक वनमा जिल्ला वन इलाम,सेक्टर,इलाकाले माग्ने गरेको आरोप लगाए ।
पैसाको बलमा जिल्ला वन कार्यालय इलामले जे पनि गर्ने गरेको खुलासा गदै वनमा करिब दुई दशक सम्म अध्यक्षको अनुभव सगाँलेका तामाङले वनमा सडेर,गलेर गएको निकाल्छु भन्दा अनुमति नदिने जिल्ला वन अहिले ठाडो रुख समेत छपान गर्ने निर्देशन दिदा पैसाको मोलमोलाई हुन सक्ने आशंका व्यक्त गरे ।
उनले भने बार्षिक कटान क्षमता कार्ययोजनाले दिएको भए पुग्यो बिल भपाई नभएको घुस खुवाएर कुनै काम नगरने जिकिर गरे । जिल्ला वन कार्यालय,सेक्टर वन कार्यालय इलाका वन कार्यालयले अनेक बहानामा रकम माग्ने गरेको छन् ।
आफनो उपभोक्ता क्षेत्रमा केही अतिक्रमण क्षेत्र हटाउन जिल्ला वन कार्यालयले जानकारी गराएको बताउँदै तामाङले कार्यसमितिले हटाउन नचाहेको भन्ने अर्थमा बुझ्नु नहुनु धारणा व्यक्त गरे । अतिक्रमण क्षेत्रमा कसलाई कारबाही गर्ने मलाई पनि राम्रो थाहा छ । तामाङले पैसाको बलमा कुनै काम नगर्ने जानकारी गराउँदै आफूलाई अध्यक्ष पदको कुनै लोभ नभएको व्यक्त गरे ।
तामाङले अतिक्रमण क्षेत्रको विषयमा सचेत हुनु पर्ने भनाई राखे । झापा र इलामको नाका हुँदै इलामबाट उत्पादित काठ झापाका सहमिलहरुमा अवैधानिक रुपमा भित्रिने गरेको स्थानीयबासीहरु बताउँछन् । पैसाको बलमा जे पनि हुँदो रहेछ वन प्रसाशन मौन छ,इलाममा अवैधानिक रुपमा काठ ओसार प्रसार तस्करी गर्ने गिरोह सहित वन प्रसासनको मिलेमतोमा ठूलो परिमाणमा तस्करी हुदै आएको स्थानीयले दाबी गरे ।