arrow

आरआर क्याम्पसको स्ववियुमा नेविसंघबाट क कसले दिए उम्मेदवारी ?

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
काठमाडौं । लामो विवादपछि काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा निर्वाचन हुँदैछ । कहिले स्थगित हुने त कहिले निर्वाचनको मिति तय हुँदै आएको क्याम्पसमा मंगलबार हुने निर्वाचनको लागि भने असन्तुष्ट रहेका संयुक्त विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले समेत मनोनयन दर्ता गराएसँगै क्याम्पसमा निर्वाचनको सम्भावना समेत बढ्दै गएको छ । 
 
आईतबार मनोनयन दर्ताको लागि तोकिएको समयभित्र गएर नेविसंघले आफ्नो तर्फबाट १२ जनाको उम्मेदवारी दर्ता गरेको नेविसंघले जनाएको छ । 
 
यसरी उम्मेदवारी दिनेमध्ये सभापतिमा उत्तम साउद, सचिवमा अमृत पंगेनी, कोषाध्यक्षमा कृतज्ञा ढकाल, मंगल गुरुङ, समीक्षा कार्की, रसिक बानियाँ, आरती रानामगर, कमल जोशी, सुमन बुढामगर, सरोज खड्का, नरेश लावती र तुलसी राज सुवेदीले सदस्यमा उम्मेदवारी दिएको सभापतिका उम्मेदवार साउदले जानकारी दिए । 
 
अहिलेसम्म कुनैपनि विद्यार्थी संगठनसँग गठबन्धनको विषयमा कुरा नमिलेकोले गठबन्धन जुटाएर चुनाव लड्ने सम्भावना कम रहेको पनि साउनले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ