arrow

सेयर कारोबारमा फड्को, विराटनगरबाटै सेयरको कारोबार

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
Share-Market-Tips.jpg.jpeg
पथरी । क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ५०) ले विराटनगरमा शाखा विस्तार गरेको छ । 
 
प्रालिको शाखा विस्तारसँगै अब विराटनगरबाटै सेयरको खरिद बिक्री आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ । 
 
विराटनगर मेनरोडस्थित अतिथि सदन नजिक कार्यालय स्थापना गरी कारोबार सुरु गरेको अध्यक्ष प्रियराज रेग्मीले बताए । 
 
पुँजी बजारसँग सम्बन्धित ग्राहकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउनु शाखाको उद्देश्य रहेको उनको भनाइ छ । “पूर्वका लगानीकर्ताले शाखाबाट धितोपत्रको दोस्रो बजारमा सहजै प्रवेश पाउनेछन्,” रेग्मीले भने, “स्थानीय ग्राहकलाई स्थानीयस्तरबाटै सेवा गर्न शाखा विस्तार गरिएको हो ।” 
 
त्यस्तै प्रालिले नेपालगन्ज, बुटवल, नारायणगढ, बनेपा र विर्तामोडबाट पनि काराबोर सुरु गरेको जनाएको छ । यसभन्दा पहिले कम्पनीका नौ वटा शाखा उपत्यकाभन्दा बाहिरका सहरमा सञ्चालनमा थिए । 
 
आशयपत्र प्राप्त गरिसकेका अन्य व्यवसायीले यहाँ शाखा सञ्चालनका लागि पूर्वाधार तयार गर्ने कार्य गरिरहेका छन् । 
 
उनका अनुसार नेपालमा हाल ५० वटा धितोपत्र ब्रोकर व्यवसायी कार्यरत छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ