arrow

'मधेस केन्द्रीत दल र एमालेको अडानले देश दुर्घटनामा जान्छ'

logo
नारायण रिजाल,
प्रकाशित २०७३ चैत १३ आइतबार
dev-gurung-news-aa.jpeg

बागलुङ । माओवादी केन्द्रका नेता देव गुरुङले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लगेर छिटो टुंगो लगाउनुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल बागलुङले गरेको पत्रकार भेटघाटमा नेता गुरुङले संविधान संशोधन गर्नैपर्छ भन्ने मधेस केन्द्रीत दलको अडान र संशोधन गर्नै हुँदैन भन्ने एमालेको अडानका कारण देश दुर्घटनाको दिशामा धकेलिन सक्ने भन्दै यसका लागि सहमतिको विकल्पै नभएको बताए ।

माओवादी केन्द्र प्रदेश नम्बर ४ का ईन्चार्ज समेत रहेको गुरुङले पूर्वी तराई र ५ नम्बर प्रदेशका मुद्दालाई संघीय आयोगमार्फत टुंगो लगाउनुपर्ने बताएका छन् । नेता गुरुङले भने राष्ट्रलाई गति दिनको लागि दलहरुका फरक मतलाई प्रक्रियामा लगेर समाधान गर्नुपर्छ ।’

उनले संविधान संशोधन प्रस्तावलाई संसदमा पेश गर्नै नदिने एमालेको अडान राष्ट्रयताको पक्षमा नरहेको बताए । संविधान संसोधन र चुनावी प्रक्रिया संगसँगै लानका लागि अहिलेको परिस्थितिमा जरुरी रहेको बताए । सहमतिको लागि दलहरुबीच निरन्तर छलफल भइरहेको बताउँदै गुरुङले भने, ‘अझै पनि समय छ, अन्तिम समयसम्म मधेसवादी दलहरु पनि स्थानीय तहको निर्वाचनमा सहभागि हुने कुरामा माओवादी केन्द्र ढुक्क रहेको छ ।

उनले नेकपा एमालेलाई जहिले पनि अतिवादको तर्कलाई अगाडि नसारी सहमति र सहकार्यमा आगडि बढनुपर्ने बताए ।गुरुङले संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई समानान्तर रुपमा अगाडि बढाउन आग्रह गर्दै मधेश केन्द्रीत दलहरुलाई पनि सहभागि हुन अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ