arrow

जिम्बाबेले नेपालमा लगानी गर्न इच्छा देखायो

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
jimbabe_nepal_Investment.jpeg
काठमाडौं । जिम्वावे सरकारले नेपालको लघु, साना तथा मझौला उद्योगको विकासमा पारस्परिक सहयोग गर्ने अभिरुची देखाएको छ । जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धि मन्त्री यस जि.जि. नियोनीको नेतृत्वमा नेपालको ५ दिने भ्रमणमा रहेको प्रतिनिधी मण्डल र उद्योग मन्त्रालयका प्रतिनिधी मण्डलबीच भएको छलफलमा जिम्बाबेका तर्पmबाट यस्तो अभिरुची व्यक्त गरिएको हो । 
 
छलफलका अवसरमा जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धि मन्त्री यस जि.जि. नियोनीले खास गरी नेपालका ४ वटा क्षेत्र लघु उद्यमका क्षेत्रमा नेपालले अवलम्वन गरेको रणनीति, लघु उद्यमलाई पर्यटनसँग जोडेर विकास गर्ने कार्यक्रम लघु उद्यमीको वित्तिय पहुँच विस्तारमा नेपालले अवलम्वन गरेको रणनीति र नेपालको पदयात्रा क्षेत्रमा नेपालले गरेको प्रगतिका वारेमा नेपाल र जिम्बाबेबीच सहयोगको आदान प्रदान गर्न चाहेको बताए । 
 
खनिज उत्खननका क्षेत्रमा नेपालको तुलनामा जिम्वावेले धेरै प्रगति हासिल गरिसकेको बताउँदै मन्त्री नियोनीले जिम्बाबेको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने भन्दै दक्षिण दक्षिण सहयोगलाई विस्तार गर्न आफुहरु ईच्छुक रहेको बताए । 
 
यी बिषयहरुमा पारस्परिक सहयोग आदन प्रदानका लागि जिम्बाबे र नेपाल सरकारबीच सहमति पत्रमा हस्ताक्षर गरेर सहयोगको प्रक्रिया अगाडि बढाउन चाहेको प्रतिवद्धता व्यक्त गरे । उद्योग मन्त्री नवीन्द्रराज जोशीले खनिज उत्खननका सम्वन्धमा जिम्बाबेको अनुभव नेपालका लागि पनि अनुकरणीय रहने भन्दै लघु, साना तथा मझौला उद्योगको विकासमा सहयोग आदान प्रदान गर्नसकिने बताए । 
 
नेपालले लघु साना तथा मझौला उद्योगको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै मन्त्री जोशीले यसले ग्रामीण रोजगारी बृद्धि गर्ने भएकाले गरीवि निवारणमा समेत सघाउ पु¥याउने बताए । नेपाल विदेशी लगानी आकर्षित गर्न अनुकूल नीति निर्माणको क्रममा रहेको भन्दै मन्त्री जोशीले नेपालमा लगानी गरेर फाईदा लिन सक्ने अहिले उपयुक्र अवसर रहेको बताए । 
 
छलफलमा नेपालका तर्पबाट उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे, उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईराला, उद्योग मन्त्रालयका सह–सचिवहरु र लघु उद्यम विकास कार्यक्रमका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ