arrow

दैलेख लोडसेडिङ मुक्त हुँदै, जिल्लाकै पहिलो हाईड्रोको उत्पादन शुरु

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७३ चैत १३ आइतबार
Dailekh_hidro_production.jpeg
दैलेख । नेपाल सरकारले लोडसेडिङलाई कम गर्दै लैजाने योजना रहेको वेला दैलेखको नौमुले गाउँपालिकामा निर्माणाधीन द्वारी हाईड्रोले आफ्नो निर्माण कार्य सम्पन्न गरेर औपचारीक उदघाटन गरेको छ । विगत ३ वर्ष देखि निरन्तर रुपमा काम गरिरहेको भूगोल इनर्जी प्रालिले तोकिएको समय भन्दा केही वढि समय लगाएर ३.७५ मेघावाटको विद्युत वाल्न सफल भएको छ । 
 
६ नम्वर प्रदेश भित्र रहेको जिल्लाहरुमा विद्युत उत्पादन गरेर नेपाल सरकारलाई विक्रि गर्ने पहिलो कम्पन्नी भएको छ ।  करिव चार किलोमिटर पाईपलाईन विछाएर ल्यार्इृएको द्धारी हाईड्रोपावरमा द्धारी खोलाको पानी लाई चार सय दश मिटर माथिबाट खसालेर ३.७५ मेघावाट वत्ती भएको ईन्जिनियर.विक्रम श्रेष्ठले वताए  । 
 
विकट पहाडी भेग त्यसमा कठिन ठाँउ भएकोले सामाग्री पुराउन गाह्रो भएको देखिन्छ । योजनाको सवै भन्दा कठिन भनीएको मौरी भिरमा पाईपलाईन राख्नको लागि पहरामा डोरीबानेर कामदारहरुले चट्टान काटेर निकै  दुख गरेर काम पुरा गरेको श्रेष्ठले वताए । 
 
६० देखि ६५ करोडको लगानीमा निर्माण पुरा भएको यस योजना दैलेख जिल्लाको पहिलो ठुलो हाईड्रोपावर योजना हो । गएको वर्षामा दुई समय मिटर जती पहिरो गएपछि गाडिएको पाईप लाईन सवै वगाए पछि तोकिएको समय भन्दा केहि ढिलो भएको वताउदै भुगोल ईनर्जि प्रा.लि.का संचालक राजेन्द्र प्रसाद गौतमले वताए । 
 
जिल्लामा हालको विद्युतिकरणको आधारमा दुई मेघावाट विद्युत माग रहेको छ । यस कम्पनीबाट उत्पादिन विद्युतले दैलेख जिल्लालाई प्रयाप्त भएर बाहिर पठाउन सकिने देखिन्छ । जिल्लामा रहेका धेरै खोलाहरुलाई दर्ता गरेको राखिएको भएता पनि आयोजना निर्माण कम्पनी भुगोल ईनर्जीले विद्युत उत्पादन शुरु गरेर दैलेख जिल्लालाई लोडसेडिङ मुक्त गरेको छ । 
 
विद्युत उत्पादन भएपछि नौमुले गाउँ पालिका वाड नं.४ निवासी गगन थापाले भने आज सम्म खेर गईरहेको पानीबाट आफ्नो गाउँमा पनी वत्तीवाल्न पाईने भयो भनेर खुशी ब्यत्र गरे । यसरी वत्ती निस्कदैछ हाम्रो गाउँघरको पानीले अव जिल्ला र जिल्लावाहिर समेत वत्तीको सुविधा दिन सक्ने भएकोमा  गाउँवासी सवै खुशी भऐका वताए ।
 
कम्पनीले उत्पादित विद्युत दैलेख जिल्लामा रहेको नेपाल विद्युतप्राधिकरणमा एउटा सवस्टेशन वनाएर विद्युत विक्रि गरेको छ ।  उक्त स्थानबाट नेपाल सरकारले ३३ केभि प्रसारलाईनमा लगेर जोडने छ ।  कम्पनीले अव तत्काल स्थानीयहरुको लागि दश प्रतिसत शेयर खोल्ने समेत वताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ