arrow

चीनको 'एक पाटो एक बाटो'मा नेपाल सहभागि हुने: प्रधानमन्त्री

logo
अजय अलौकिक,
प्रकाशित २०७३ चैत १२ शनिबार
PM_Prachanda_China.jpeg
बेजिङ , चीन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार पैचिङस्थित चीनका लागि नेपाली दूतावासमा रात्री भोजमा सरिक भएका छन्। उनका साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महतलगायत भ्रमण दलका अन्य सदस्यहरूको पनि उपस्थिती थियो।
 
प्रधानमन्त्री प्रचण्डले सो अवसरमा चीनको एक नीतिप्रति नेपाल प्रतिबद्ध रहेको दोहोर्याउनुका साथै चीनको समग्र आर्थिक विकासको प्रशंसा गर्दै यसबाट नेपाललार्इ पनि फाइदा पुग्ने बताए। उनले आफ्नो छोटो मन्तव्यमा चीन नेपाल असल मित्र र असल छिमेकी भएको बताउँदै भूकम्पपछि चीनले देखाएको सदाशयताप्रति धन्यवाद व्यक्त गरेका थिए। 
 
प्रधानमन्त्री प्रचण्डले चैत्र ११ गते हाइनानमा उपप्रधानमन्त्री काउली चाङसँग द्विपक्षीय छलफल भएको र चीनको एक पाटो एक बाटोमा नेपाल सहभागि हुने प्रतिबद्धता जाहेर गरेको पनि बताए।
 
त्यस अघि नेपाली राजदूत लीलमणि पौडेल स्वागत भाषण गरेका थिए।प्रधानमन्त्री प्रचण्ड शनिबार अपरान्ह 'पोआओ फोरम फर एशिया' सम्मेलनको समुद्घाटन समारोहमा सम्बोधन गरेर पैचिङ आइपुगेका हुन्।
 
प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसँग चैत्र १४ गते सोमबार शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। चैत्र १३ गते आइतबार प्रधानमन्त्री प्रचण्ड लगायत परराष्ट्रमन्त्री प्रकाशशरण महतले बेजिङ फरेन ल्याङ्ग्वेज स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल-चीन सम्बन्धः संवृद्धि र समृद्धिका सम्भावनाहरू’विषयक कार्यक्रममा सम्बोधन गर्ने छन्। 
 
१५ सदस्य भ्रमण दलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड ७ दिन लामो चीन भ्रमणका लागि बिहिबार चीन प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास वैरागी र अन्य सरकारी अधिकारीहरुसँगै उहाँकी धर्मपत्नी सीता दाहाल, पुत्र प्रकाश दाहाल, दुई सुरक्षा अधिकारी र प्रेस सल्लाहकार गोविन्द आचार्य रहेका छन्। 
 
प्रधानमन्त्री प्रचण्डलार्इ चीनको हाइनान प्रान्तमा चैत १० देखि १३ सम्म हुने 'पोआओ  फोरम फर एशिया' सम्मेलनमा विशेष वक्ताका रूपमा निमन्त्रणा गरिएको हो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ