arrow

सहिद गौतमको परिवारलाई १७ लाख दिदै निधिले भने :- सीमामाथि आँच पुर्‍याउने काम स्वीकार्य छैन

logo
प्रकाशित २०७३ चैत १२ शनिबार
DPM.jpeg
धनगढी ।  उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेपाली सीमामाथि कसैको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । कञ्चनपुर पुर्नबास–८ मा गत फागुन २६ गते भएको घटनास्थलको निरीक्षण गर्न पुगेका उपप्रधानमन्त्री निधिले शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको सीमामाथि आँच पुर्‍याउने काम आफूहरुलाई स्वीकार्य नहुने बताए ।
 
निधिले कसैले नेपालको सीमामाथि हस्तक्षेप गरे त्यो सरकारलाई स्वीकार्य नहुने प्रष्ट पार्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली प्रहारगरि कञ्चनपुर पुर्नवास–८ का गोविन्द गौतमको मृत्यु भएको घटनाबारे आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा पनि कुरा उठाएको पनि जानकारी दिए । यसैगरी गौतम पत्नीलाई उपप्रधान तथा गृहमन्त्री निधिले १७ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।
 
सरकारले पीडित गौतम परिवारलाई दिने निर्णय गरेको १० लाख रुपैयाँ र नेपाली कांग्रेसले दिएको ७ लाख गरि १७ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । सो रकम बराबरको चेक गृहमन्त्री निधिले गौतमकी पत्नीलाई हस्तान्तरण गरे ।
 
गौतमको निधनपछि सरकारले उनलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक, कृषि मन्त्री गौरी शंकर चौधरी, राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती लगायत नेताहरु सहभागी  भएका थिए ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ