arrow

दलित महिलालाई बाख्रा उपहार

महिला भन्छन्- हामीले रोजगार पाएको महशुष

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ चैत १२ शनिबार
khasi-upahar.jpeg
स्याङ्जा । जिल्ला पशुसेवा कार्यालय स्याङ्जाले दलित समुदायका महिलाहरुलाई आर्यआर्जनका लागि बाख्रा वितरण गरेको छ । जनजाती तथा दलित आर्यआर्जन कार्यक्रम अन्तरगर्त नगद सहित बाख्रा वितरण गरेको हो । वालिङ नगरपालिका वडा नं. १ खहरेमा रहेको दलित बस्तीका महिलाहरुलाई एक कार्यक्रमका विच बाख्रा उपलव्ध गराएको छ । दुई ओटा बाख्रा खरिदका लागि १४ हजार र खोर बनाउनका लागि ६ हजार गरी २० हजारका दरले १० जना दलित महिलाहरुलाई २ लाख रकम हस्तान्तरण गरिएको छ । 
 
दलित भएकै कारण पछाडी परेको समुदायलाई आर्यआर्जन मार्फत अगाडी ल्याउन सरकारले हरेक बस्तीमा समुहगत यस्ता कार्यक्रम गर्दै आएको छ । उन्नत जातका बाख्रा दिएर हामीलाई रोजगारी पाएको महशुष गरेको साहार बाख्रा पालन समुहकी अध्यक्ष सीता विकले बताईन् । जग्गा जमिन नभएको र बस्ने बास मात्रै भएकोले दैनिक ज्यालादारी गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका थियौ समुहकी अध्यक्ष वि.क.ले भनिन्,“ हामीलाई आर्यआर्जनका लागि बाख्रा पाएपछि रोजगारी पाएको महशुष भएको छ ।” बाख्रा पालनलाई हाम्रो समुह जिल्लाकै नमुना हुने छ उनले भनिन् । ..................
 
स्याङ्जा जिल्लालाई बाख्रामा आत्मनिर्भर बनाउने अभियान नै पछिल्लो समय चलेको छ । नमुना बाख्रा गाँउ अभियान मार्फत अहिले स्याङ्जामा बाख्रापालनलाई अगाडी बढाइएको छ । सरकारले आर्यआर्जनका लागि बाख्रा दिएको छ समाजसेवी केदार काफ्लेले बाख्रा बितरण गर्दै भने,“यसको स्याहार सुसार राम्रो गरेमा महिलाहरुको आर्थिक बृद्धि हुनेछ ।” सरकारको लगानीलाई सदुपयोग गर्न काफ्लेले समुहका महिलाहरुलाई आग्रह गरे । पहिलो पटक १० जनालाई वितरण गरिएपनि अर्कोपटक फेरी १० जना महिलाले बाख्रा पाउने भएकाले बाख्रालाई पालन पोषणमा ध्यान दिन काफ्लेको आग्रह थियो । ...............
 
कुनै बेला स्याङ्जामा मासुका लागि बाख्रा तराई र मुस्ताङ्बाट ल्याउनु पर्ने अवस्था रहेको थियो । पछिल्लोपटक बाख्रा वितरण अभियानले स्याङ्जा बाख्राबाट आत्मनिर्भर रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । बाहिरबाट आयत भन्दापनि स्याङ्जाबाट बाख्रा निर्यात हुने क्रम बढेको जिल्ला पशुसेवा कार्यालय स्याङ्जाका प्राविधिक डोलराज गैह्रे भने,“दलित, जनजाती, एकल महिला,अति विपन्न महिलाहरुलाई बाख्रा पालन अभियान मार्फत आयस्तरमा टेवा पुगेको छ ।” जसले गर्दा महिलाहरुको आर्थिक बृद्धिदरमा बढेको पनि छ र बाख्रामा आत्मनिर्भर पनि बनेको उनले भने । पशु सेवा कार्यालयले वितरणगरेकापशुपंक्षीको विमा देखि उपचार खर्च समेतनिशुल्क गर्दै आएको छ । 
 
जसले गर्दा किसानलाई केही सजिलो भएको छ । जिल्ला पशु सेवा कार्यालयले आर्थिक रुपमा कमजोर रहेको बस्तीलाई अनुगमन गरेर आर्यआर्जनका लागि बंगृुर, भैसी, गाई, कुखुरा लगायत वितरण गर्दै आएको छ । वितरण गरेका पशुपंक्षीले आर्थिक रुपमा कमजोर रहेका बस्ती र समुहले कस्तो पारर्दशिता अपनाएका छन् भन्ने तथ्याङ्क भने बाहिर आएको छैन । यस तर्फ पनि बेला बेलामा अनुगमन गर्न सकियो भने सरकारले गरेको लगानीको सदुपयोग हुने सक्ने थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ