arrow

जुकोट केन्द्रमा प्रश्न पत्र पुगेन, फाटोकपीले काम चलाइयो

logo
प्रेम रौले,
प्रकाशित २०७३ चैत ११ शुक्रबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा ।  देशभरको  एसइइ परिक्षा सकिएको छ । तर बाजुराको दुर्गम गाविसको एक परिक्षाा केन्द्रका विद्यार्थीहरुले अन्तिम दिनको ऐच्छिक विषयको परिक्षा दिन पाएका छैनन् ।  जुकोट गाविसमा रहेको शम्भसुनन्दा उच्च माध्यमिक विद्यायलमा परिक्षा दिने आएका ९८ विद्याथीले परिक्षा सुरु भएको आधा घण्टा पछि मात्र परिक्षा दिएको केन्द्राध्यक्ष महेन्द्र कुमार शाहले बताए । 
 
शाहले परिक्षाका प्रश्न पत्र बन्द शिलबन्दीमा ऐच्छिक द्धितिय लेखिएको भएपनि भित्र लेखा व्यवस्थापनको प्रश्न पत्र राखिएको बताए ।  केन्द्राध्यक्ष शाहले प्रश्न पत्र नै नपाउनु विद्यार्थीको जीवनमा खेलबाड भएको बताए । शाहले ऐच्छिक द्धितियको परिक्षा दिनका लागि नियमित तर्फका ५१ जना छात्र र ४२ जना छात्रा गरी ९८ जना परिक्षर्थी सहभागी भएका थिए । यसैगरी एक्जाम्टेड तर्फका ३ जना छात्र र २ जना छात्रा गरी पाँच जना परिक्षार्थी परिक्षा दिन केनद्रमा आएका केन्द्राध्यक्षले जानकारी दिए । 
 
परिक्षा  दिन आएका ९८ जना परिक्षार्थीहरुलाइ जिल्ला शिक्षा कार्यालय बाजुराबाट इमेल पठाएपछि मात्र परिक्षा आधा घण्टा पछि सुचारु भएका हो । प्रश्न पत्र नै नगएपछि जिल्ला शिक्षा कार्यालय बाजुराबाट इमेल गरेर प्रश्न पत्र पठाएको जिल्ला शिक्षा कार्यालय बाजुराका विद्यालय निरिक्षक कमल बहादुर बमले बताए ।
 
बमले परिक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण नै बाजुरामा प्रश्न पत्र नपठाएको बताए । उनले जिल्लाबाट १४ केन्द्रको नाम र परिक्षार्थी संख्या पठाएको भएपनि सोही अनुसार प्रश्न पत्र नपठाउदा समस्या भएको बमको भनाइ रहेको छ ।
 
जिल्लामा रहेको मालिका उमाविमा पनि अंग्रजी विषयको प्रश्न पत्र नपुग्दा २९ जना विद्यार्थीलाइ फोटोकपी गरेर प्रश्न पत्र दिइएको थियो । शुक्रबार सपन्न एसइइ परिक्षामा जुकोटमा रहेको शम्भुसुनन्दा उमाविका प्रश्न पत्र नगुपेर ९८ जनलाइ फाटोकपी प्रश्न पत्रबाट परिक्षा दिएको परिक्षा दिएको विद्यार्थीहरुको भनाइ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ