arrow

रिलिज नहुदै रोबर्ट '२.०' ले तोड्यो 'बाहुबली २' को रेकर्ड

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
bahubali-and-robert.jpeg
एजेन्सी । 'बाहुबली २' र रजनीकांतको '२.०' (रोबर्टको सिक्वेल) बीच कडा प्रतिस्पर्धा चलिरहेको छ  । दुवै चलचित्रल रिलिज भएका छैनन् । तर रिलिज हुनु भन्दा पहिले नै रेकर्ड बनाउन सफल देखिन्छन् । 
 
'बाहुबली २' को ट्रेलर युट्युवमा रजनीकांतको चलचित्र कबाली भन्दा बढि हेरिएको छ । भने '२.०' ले सेटेलाइट राइट्सको मामिलामा 'बाहुबली २' लाई पछाडि छोडेको छ ।
 
 रजनीकांतको चलचित्र '२.०'  हिन्दी, तेलगु र तमिल भर्जनमा सेटेलाइट राइट्स बिक्रि भएको छ । चलचित्रको सेटेलाइट राइट्स  ११० करोड भारतीय रुपैयामा बिक्रि भएको छ ।  
 
त्यसैगरि  'बाहुबली २' को सेटेलाइट राइट्स ७८ करोड रुपैयामा बिक्रि भएको छ । ७८ करोड रुपैया मध्ये ५० करोडको सेटेलाइट राइट्स  हिन्दी भर्जनमा बिक्रि भएको चलचित्रका निर्माताले बताएका छन् । चलचित्रको अन्य  २८ करोड रुपैया  मल्यालम, तमिल र तेलगु भर्जनमा बिक्रि भएको छ । 
 
 'बाहुबली २'  २८ अप्रिलमा रिलिज हुदैछ भने रोबर्ट '२.०'  १८ अक्टोबरमा  रिलिज हुदैछ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ